Total Hits: 0

मोदीलाई स्वागत गर्न तयार जनकपुर : १ सय १ साधुको शंखनाददेखि १ सय २१ किलोको मालासम्म

  • Posted: Thursday, May 10, 2018 20:55 PM ( 3 years ago )

शैलेन्द्र महतो/उज्यालो ।

धनुषा, वैशाख २७ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुरधाम तयार भएको छ ।
 
प्रदेश नम्बर–२, को प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले मोदीलाई जनकपुरमा भव्य स्वागत एवं अभिनन्दन गर्न झण्डै दुई हप्तादेखिको तयारी लगभग पुरा भएको बताएका छन् ।
 
मञ्च व्यवस्थापनको काम राति १२ बजेसम्ममा सक्ने तयारी रहेको प्रदेश २ का गृह तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताउनुभयो । मोदीले जानकी मन्दिरमा पूजाआजा गर्नुहुनेछ भने एतिहासिक बाह्रविघा रंगभूमि मैदानमा अभिनन्दन र सम्बोधनको कार्यक्रम छ । जसका लागि जानकी मन्दिर प्राङ्गणमा केशरिया रंगको कपडा तथा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीका तस्वीर सहितको होर्डिङ बोर्ड राखेर सजाईएको छ ।
रामानन्द चोकदेखि जानकी मन्दिर र जनकपुर विमानस्थलदेखि मुरली चोकसम्मको सडक कालोपत्रे गरिएको छ । मोदीको स्वागतका लागि  विमानस्थलदेखि मुरली चोक, विश्वकर्मा चोक, भ्रमरपुर चोक, रामानन्द चोक र जानकी मीन्दरसम्म दर्जनौं स्वागतद्वार निर्माण गरिएको छ ।
 
गेटमा पनि मोदीको स्वागत सहितको व्यानर झुण्ड्याईएको छ । ठाउँठाउँमा नेपाल भारतको झण्डा लगाएर सजाईएको छ । बाह्रविघा र विवाहमण्डपको भित्तामा रामायणकालिन झझल्को दिने मिथिला चित्रकला कोरेर आकर्षक बनाइएको छ । बाह्रविघा मैदानमा मोदीको नागरिक अभिनन्दन एवं सम्बोधनको लागि आजसम्मकै ठुलो र आकर्षक मञ्च निर्माण गरिएको छ भने एकलाखभन्दा बढी नागरिक अटाउने पण्डाल खडा गरिएको छ ।
मोदीको सुरक्षाका लागि जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी साढे ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश नम्बर २ का गृहमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो । 
 
विमानस्थलदेखि जानकी मन्दिर र बाह्रविघा रंगभूमि मैदानमा ४६ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । जानकी मन्दिरमा बिहीबार दिउँसो १२ बजेदेखि सर्वसाधारणलाई प्रवेश निषेध गरको छ । जानकी मन्दिर , जनकपुर विमानस्थल र बाह्रविघा रंगभूमि मैदान सुरक्षाकर्मीको घेरामा छ । जनकपुरमा जताततै सुरक्षाकर्मी देख्न सकिन्छ ।
मोदीको अभिनन्दनमा प्रदेशका आठवटै जिल्लाबाट एक लाखभन्दा बढी सर्वसाधारण उतार्न सबै स्थानीय तहलाई प्रदेश सरकारले निर्देशन दिएको छ । मोदीको जनकपुर भ्रमणलाई उत्सवको रुपमा मनाउन समेत प्रदेश सरकारले आग्रह गरको छ ।  प्रदेश नं. २ मा शुक्रबार सार्वजनिक विदा समेत दिइएको छ । 
जनकपुरमास्थानीय प्रशासनले विहीबार मोदीको स्वागत र अभिनन्दको पूर्वअभ्यास समेत गरेको छ ।

यस्तो छ भ्रमण तालिका

भारतीय प्रधानमन्त्री मोदी भारतीय सेनाको हेलिकप्टरबाट शुक्रबार विहान १० बजेर १५ मिनेटमा जनकपुर विमानस्थलमा अवतरण गर्नुहुनेछ । विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत लगायत प्रदेशका मन्त्रीले मोदीको स्वागत गर्नुहुने छ । 
 
त्यसपछि त्यहाँबाट मोदी जानकी मन्दिर पुग्नुहुनेछ । जानकी मन्दिरमा उहाँले विशेष पूजाअर्चना गर्ने कार्यक्रम छ । पूजाअर्चनाको बेला एक सय एक साधुले एकैपटक शंखनाद गर्नेछन् । झण्डै ४५ मिनेट जानकी मन्दिरमा विताउने मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेहुनेछ ।
 
प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरबाट जनकपुर चुरोट कारखानामा ओर्लेर समकक्षीलाई स्वागत गर्न त्यही समयमा पुग्नुहुनेछ ।  दुवै प्रधानमन्त्रीले भेटवार्ता पनि गर्ने तालिका छ । त्यस्तै दुवै प्रधानमन्त्रीले जनकपुरबाट अयोध्या चल्ने बसलाई हरियो झण्डा देखाएर रमायणकालिनस्थल जोड्ने रामायण सर्किटको शुभारम्भ गर्नुहुनेछ ।
 
जानकी मन्दिरमा पुजाआजा सकेर मोदी एतिहासिक बाह्रविघा रंगभूमि मैदानमा पुग्नुहुनेछ । मोदीलाई बाह्रविघा मैदानमा जनकपुर उपमहानगरपलिकाका मेयर लालकिशोर साहले नागरिक अभिनन्दन गर्नुहुनेछ । अभिनन्दन पत्र ताम्रपत्रमा नेपाली भाषामै लेखिएको भएपनि मैथिली भाषामा पढेर सुनाउने मेयर साहले बताउनुभयो । उहाँको अभिनन्दन मैथिली भाषामा गर्ने जनकपुर उपमहानगरपालिाकको योजना छ ।
 
स्वागत एवं अभिनन्दन समारोहमा मोदीलाई १ सय २१ किलोको फुलको माला पनि पहिराइनेछ । नागरिक अभिनन्दन पश्चात मोदीले समारोहलाई सम्बोधन गर्नुहुनेछ । त्यसपछि भारतीय प्रधानमन्त्री मोदी काठमाडौं प्रस्थान गर्नुहुनेछ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook