Total Hits: 0

जेठ १३ देखि एकदिवसीय क्रिकेटको राष्ट्रिय प्रतियोगिता हुने

  • Posted: Thursday, May 10, 2018 20:41 PM ( 3 years ago )

काठमाडौं, वैशाख २७ – एकदिवसीय क्रिकेटको एकमात्र राष्ट्रिय प्रतियोगिता जेठको दोस्रो हप्तादेखि हुने भएको छ ।

प्रतियोगिता जेठ १३ देखि २९ गतेसम्म काठमाडौमा हुने प्रतियोगितामा ७ वटा प्रदेश र तीनवटा विभागीय टीमको सहभागिता रहने आयोजक  राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।  

प्रधानमन्त्री एकदिवसीय क्रिकेट नाम दिइएको प्रतियोगितामा सहभागी १० टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाइने छ । 
नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने प्रतियोगितामा १ करोड ८० लाख रुपैयाँ खर्च हुने र त्यसमध्ये आफुले ६५ लाख रुपैयाँ उपलब्ध गराउने राखेपले जनाएको छ ।

कीर्तिपुर र मुलपानी मैदानमा हुने प्रतियोगिताको समुह ए मा त्रिभुवन आर्मी र एपिएफसँगै प्रदेश नम्बर एक, दुई र चार रहेका छन् । समुह बीमा नेपाल पुलिससँगै प्रदेश नम्बर तीन, पाँच, छ र सात रहेका छन् ।

प्रतियोगिताको म्यान अफ द सिरिजले एक लाख रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५०–५० हजार रुपैयाँ हात पार्नेछन् । यस्तै उदीयमान खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook