Total Hits: 0

​विराटनगरको भारतीय कार्यालय हट्नुपर्छ : डाक्टर भट्टराई

  • Posted: Thursday, May 10, 2018 18:22 PM ( 4 years ago )

काठमाडौं, वैशाख २७ – नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह नेपालतर्फका सदस्य एवम् परराष्ट्रविद् डाक्टर राजन भट्टराईले विराटनगरबाट भारतीय कार्यालय हट्नुपर्ने बताउनुभएको छ ।

एमालेका नेता समेत रहेको भट्टराईले भारतले सन् २००८ मा नेपालमा बाढी आएको बेला विराटनगरमा खडा गरेको कार्यालय हटाउनुपर्ने बताउनुभएको हो । 'अस्ति भर्खरै हाम्रो प्रधानमन्त्री भारत जाँदा पनि यो कार्यालय हटाउनको लागि आग्रह गर्नुभएको छ, तर अहिलेसम्म भारतीय पक्षले कार्यालय हटाउन आलटाल गरिरहेका छन’, भाट्टराईले भन्नुभयो, ‘यति सानो विषयमा भारतले आलटाल गर्नुहुँदैन्, हाम्रा ग्याँस बुलेटहरु रोकिएका छन्, अनुमति किन दिइएन् ?, अब यी सबै खाल समस्याहरु हल हुनुपर्छ ।’

भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र काठमाडौं दुई ठाउँमा नागरिक अभिनन्दन गर्ने कुरामा कसैले विरोध गर्नुको तुक नभएको बताउनुभयो ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भट्टराईले मोदी भ्रमणको सबै किसिमका तयारीहरु पूरा भएको र मोदीको भ्रमणमा नागरिक अभिनन्दनको विरोध गर्न आवश्यक नरहेको बताउनुभयो । 

नागरिक अभिनन्दन नेपालको परम्परा भएको र १९५१ सालमा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु आउँदा पनि टुँडिखेलमा नागरिक अभिनन्दन गरिएकाले मोदीको भ्रमणमा नागरिक अभिनन्दनको बिरोध गर्न नहुने डाक्टर भट्टराईको भनाई छ । भट्टराईले नेपालमा बाढी, डुबान र एयर रुट लगायतका समस्याहरु भएकोले आफूहरुले यी विषयमा पनि भारतीय पक्षसँग कुरा राख्नुपर्ने बताउनुभयो । 

नेपाल–भारत द्वीपक्षीय सम्बन्धमा देखिएका सबैखाले समस्याहरु हल गर्ने गरी आफूहरुले ईपीजी बैठकमा सघन रुपमा छलफल गरेको भट्टराईले बताउनुभयो ।
‘सुस्ता र कालापानी लगायतका सीमा विवाद र अन्य समस्याहरुको बारेमा पनि हामीले ईपीजीको बैठकमा छलफल गरिरहेका छौं’, डाक्टर भट्टराईले भन्नुभयो, ‘छलफलबाट चाँडै निचोडमा पुग्छौं ।’ 

पछिल्लो समय चीन, जापान र कोरियाबीच त्रि–देशीय साझेदारी भएकोले नेपालले पनि क्षेत्रीय संगठनहरुको फोरमलाई सक्रियताका साथ उपयोग गर्नुपर्ने नेता भट्टराईको सुझाव छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook