Total Hits: 0

बार्सिलोना सिंगो सिजन अपराजित ??

  • Posted: Thursday, May 10, 2018 17:44 PM ( 3 years ago )

वैशाख २७ – बार्सिलोना स्पेनिस ला लिगाको सिंगो सिजन नै अपराजित रहने क्लबको कीर्तिमानोन्मुख भएको छ ।

अबका दुई खेलमा बराबरी मात्रै खेलेपनि बार्सिलोना ला लिगाको सिंगो सिजनमा एउटा पनि खेल नहार्ने क्बलको कीर्तिमान आफ्नो नाममा लेखाउनेछ । 

ला लिगाको उपाधि जितिसकेकाले उसले यो कीर्तिमान राख्न सके थप बोनस हुनेछ । घरेलु मैदान नाउक्याम्पमा बार्सिलोनाले बुधबार राती भिल्लारियाललाई ५–१ ले हराएको हो । बार्सिलोनालाई जिताउन कोउटिन्होले ११ औं मिनेटमा गोलको खाता खोलेका थिए । त्यसपछि पाउलिन्होले १६ औं मिनेटमा गोल थप्दै २–० को अग्रता दिलाए ।

४५ औं मिनेटमा मेस्सीले तेस्रो गोल गरेपछि बार्सिलोना मध्यान्तरअघि ३–० ले अगाडि रह्यो । ५४ औं मिनेटमा रियालका निकोला सान्जोनले गोल गर्दै बार्सिलोनाको अग्रता ३–१ मा झारे । तर, डेम्बेलेले ८७ औं र ९० औं मिनेटमा २ गोल थपेपछि बार्सिलोना ५–१ ले विजयी भयो ।

३६ मध्ये २७ खेल जितेर ९० अंक बटुल्दै बार्सिलोना शिर्षस्थानमै छ । समान खेल खेलेको एथ्लेटिको मड्रिड २२ खेल जितेर ७५ अंकका साथ दोस्रो स्थानमा छ । बुधबार रातीकै अर्को खेलमा सेभिल्लासँग हारेको रियलमड्रिड ३६ मध्ये २१ खेलमा जित हात पारेर ७२ अंकका साथ तेस्रो स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook