४३ कृषक समूहलाई मोबाइलसँगै कृषि उपकरण वितरण
- Posted: Thursday, May 10, 2018 16:37 PM ( 3 years ago )
विमल विष्ट/उज्यालो ।
डोटी, वैशाख २७ – डोटीका विभिन्न ४३ वटा कृषक समूहलाई मोबाइलसहित कृषिसम्बन्धी उपयोगी सामग्री एवं उपकरणहरु वितरण गरिएको छ ।
विश्व बैंकको र नेपाल सरकार कृषि विकास मन्त्रालय अन्तरगत जलवायु प्रकोप समुत्थान निर्माण आयोजनामार्फत् सामग्री एवं उपकरणहरु हस्तान्तरण गरिएको हो ।
जलवायु परिवर्तबाट देखिएका कृषि क्षेत्रका समस्याहरु सूचना प्रविधिका माध्यमबाट किसानहरुमा सचेतना जगाई समस्या न्यूनीकरण गर्ने र कृषि उत्पादकत्व बढाउने उद्धेश्यले १५ एमबी डाटासहित सीम र मोबाईल, रेन गेज (वर्षा मापक यन्त्र), थर्माेमिटर (तापमापक यन्त्र) एक÷एक थान वितरण गरिएको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका लेखा अधिकृत टिकाराम रिजालले जानकारी दिनुभयो ।
उक्त आयोजनाले देशका विभिन्न २५ जिल्लाहरुमा वि.सं. २०७० देखि यस्ता सामग्री एवं उपकरणहरु वितरण गर्दै आएकोमा डोटी अन्तिम जिल्लाका रुपमा रहेको छ । जिल्ला कृषि विकास कार्यालय डोटी अन्तरगत दर्ता भएका २६ वटा कृषक समूह र जिल्ला पशु सेवा कार्यालय डोटी अन्तरगत दर्ता भएका १७ वटा कृषक समूह गरी जम्मा ४३ वटा कृषक समूहलाई सो सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
ती सामग्री र उपकरणहरुको प्रयोगबारे सबै कृषक समूहबाट सहभागी प्रतिनिधिहरुलाई प्राविधिक रुपमा अभिमुखीकरण तालिम पनि दिइएको छ ।
विश्वव्यापी रुपमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा नकारात्मक असर गरिरहेकोले हावापानी र मौसम अनुकूलताका आधारमा कृषि पेशा सञ्चालन गर्न कृषक समूहलाई वितरण गरिएका सामग्री एवं उपकरणहरु उपयोगी हुने जिल्ला कृषि विकास कार्यालय डोटीका बरिष्ठ कृषि विकास अधिकृत डा.तपेन्द्रबहादुर शाहले बताउनुभयो ।
जिल्लाका सक्रिय कृषक समूहलाई छानेर ति उपकरणहरु प्रदान गरिएकाले कृषि व्यवस्थापन सूचना लिई किसान समूहले लाभ लिन सक्ने शाहले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...