मोदीको स्वागतमा चिटिक्क सभागृह (तस्बिरसहित)
- Posted: Thursday, May 10, 2018 16:26 PM ( 3 years ago )
मदन पौड्याल/उज्यालो ।
काठमाडौं, वेशाख २७ – काठमाडौको भृकुटीमण्डपमा रहेको राष्ट्रिय सभागृह परिसरमा नेपाल र भारतका झण्डा फहराइरहेका छन् ।
सभागृहको को प्रवेशद्वारदेखि भित्रैसम्म गमलामा फूल सजाइएको छ । द्वारमा नेपाल भाषामा ‘लसकुस’ अनि अंग्रेजीमा ‘वेलकम’ सहित अंग्रेजी र नेपाल भाषामा नेपाल भारत सम्वन्ध सधै सुमधुर रहिरहोस् लेखिएको स्वागतद्वार बनाइएको छ ।
द्वारमा उल्लेखित यी दुवै ब्यहोरामा नेपाली भाषा भने उल्लेख छैन । त्रिभुवन विमानस्थलदेखि तीनकुने, नयाँबानेश्वर माइतीघर, सिंहदरबार, भृकुटीमण्डप लगायत ठाउँठाउँमा नेपाल र भारतका झण्डा फहराइएको छ । सडक र आसपास सरसफाइ र रंगरोगन गरी चिटिक्क पारिएको छ ।
थप सरसफाइ शुक्रबार पनि चल्ने महानगरपालिकाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणमा शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । भारतबाट सिधै जनकपुर झरेर पूजाआजा तथा अभिन्दन ग्रहण गरि त्यहाँबाट काठमाडौं आउनलागेका मोदीलाई काठमाडौं महानगरपालिकाले शुक्रबार अभिनन्दन गर्दैछ ।
नागरिकको चर्को विरोध भइरहेपनि यसलाई ‘नागरिक अभिनन्दन’ नभनि नछोड्ने महानगरपालिकाको तयारी छ । ‘नागरिक अभिनन्दन’ को तयारी पूरा भएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
नागरिक अभिनन्दनका लागि २९ गते दिउँसो सवा तीन बजे मोदी राष्ट्रिय सभागृह पुग्ने तालिका छ । उहाँलाई काठमाडौं महानगरपालिकाका मेयर शाक्यले ‘काठमाडौं महानगरबासीका तर्फबाट’ अभिनन्दन गर्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...