Total Hits: 0

नेपाल भ्रमणको पूर्वसन्ध्यामा के भने मोदीले ?

  • Posted: Thursday, May 10, 2018 16:12 PM ( 4 years ago )

काठमाडौं, वैशाख २७ – नेपाल भ्रमणको पूर्वसन्ध्यामा रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै नेपालको आर्थिक विकास र समृद्धिमा भारतले सहयोग गर्ने बताउनुभएको छ ।

तीनवटा ट्वीट गर्दै मोदीले आफू प्रधानमन्त्री ओलीको आमन्त्रणमा नेपाल भ्रमणमा जान लागेको र भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध थप सुधार गर्ने बताउनुभएको छ । उहाँले नेपाली समकक्षी प्रधानमन्त्री केपी शर्मा ओलीसँगकाे छलफल दुई देशबीचको सम्बन्ध सुधारमा केन्द्रित हुने बताउनुभएकाे छ ।

प्रधानमन्त्रीको रुपमा नेपालको तेस्रो भ्रमणमा आफू र आफ्नो देशले नेपालसँगको पुरानो सम्बन्ध अझ प्रगाढ बनाउने मोदीले बताउनुभएको छ । मोदीले आफूले छिमेकीलाई पहिलो प्राथमिकतामा राखेर विकास गर्न खोजेको उल्लेख गर्नुभएको छ ।

मोदीले आफूले काठमाडौं बाहेक जनकपुर र मुक्तिनाथको यात्रा पनि गर्ने उल्लेख गर्नुभएको छ । उहाँले गएका केही बर्षमा नेपाल र भारतले आपसि हितका लागि द्विपक्षीय सम्बन्ध र विकासका लागि धेरै समझदारीहरु गरेको उल्लेख गर्दै आफ्नो आसन्न नेपाल भ्रमणले ती समझदारीलाई कार्यान्वयनको दिशामा अघि बढाउन सहयोग गर्ने उल्लेख गर्नुभएको हो ।

मोदीले नेपालले राजनीतिक र आर्थिक विकासमा भारतले सधै नेपाल सरकारलाई सहयोग गर्ने बताएका छन् । उहाँले नेपालका अन्य राजनीति दलका नेताहरुसँग पनि भेटवार्ता हुने उल्लेख गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook