Total Hits: 0

जनकपुरमा ९ हजार सुरक्षाकर्मी परिचालन, जानकी मन्दिर भोलिसम्म बन्द

  • Posted: Thursday, May 10, 2018 15:21 PM ( 4 years ago )

शैलेन्द्र महतो/उज्यालो ।

धनुषा, वैशाख २७ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउन एकदिन मात्रै बाँकी रहँदा जनकपुरको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।  

जनकपुरमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ९ हजारसुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय  धनुषाले जनाएको छ । जनकपुर प्रवेश गर्ने सबै प्रवेशद्धारमा सुरक्षाकर्मीले कडाइका साथ जाँच गर्ने गरेका छन् ।

मोदीको सुरक्षालाई दृष्टिगत गर्दै जानकी मन्दिर तथा बाह्र विघा मैदानको एक सय मिटर क्षेत्र वरपर तथा जनकपुर विमानस्थलदेखि बाह्र विघाको सडक छेउछाउमा मोटरसाइकलको हेलमेट, झोला, पोका तथा धारिला बस्तु लिएर तथा माक्स लगाएर आवतजावत गर्न प्रहरीले निषेध गरेको छ । 
मोदीको अभिनन्दन गरिने बाह्रविघा मैदानलाई चारैतर्फबाट सुरक्षाकर्मीले घेरेको छ । मैदानभित्रको मञ्च भारतीय सुरक्षाकर्मीको घेरामा निर्माण भइरहेको छ । 


जानकी मन्दिर प्रवेशमा बिहीबारदेखि नै सर्वसाधारणलाई रोक लगाइएको छ । सुरक्षाका कारण श्रद्धालु भक्तजन एवम् सर्वसाधारणलाई पूजापाठ गर्न बिहीबार दिउँसो १२ बजेबाट प्रवेश निषेध गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रविण धितालले जानकारी दिनुभयो ।   

भारतीय प्रधानमन्त्री मोदी शुक्रबार बिहान १० बजे भारतको पटनाबाट भारतीय सेनाको हेलिकोप्टमा जनकपुर विमानस्थलमा अवतरण गर्ने र जानकी मन्दिर पुगेर ४५ मिनेट पूजाआजा गर्ने कार्यक्रम छ । उहाँलाई जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुहुनेछ । 

जनकपुर विमानस्थलमा मोदीको स्वागतका लागि रक्षामन्त्री इश्वर पोखरेल जानुहुनेछ । मोदी जनकपुरबाट प्रस्थान गरेपछिमात्र सर्वसाधारणका लागि जानकी मन्दिरमा प्रवेश खुला गरिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अहिले भीआईपी, सुरक्षाअधिकारी र स्विकृति प्राप्त सञ्चारकर्मीले मात्र मन्दिर प्रवेश गर्न पाउने डीएसपी धितालले जानकारी दिनुभयो । जानकी मन्दिरको सबै ढोका बन्द गरेर प्रवेश निषेध गरेपछि सर्वसाधारण ढोका बाहिरैबाट पूजाआजा गरिरहेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook