अभिनेत्री नेहा धूपियाले गरिन विवाह
- Posted: Thursday, May 10, 2018 15:07 PM ( 3 years ago )
वैशाख २७ – बलिउड अभिनेत्री सोनम कपूरको बिवाहपछि अर्की अभिनेत्री नेहा धूपियाले पनि विवाहको खबर बाहिरिएको छ ।
नेहाले भारतका क्रिकेटरका छोरासँग विवाह गरेकी छिन् । उनले क्रिकेटर बिसन सिंह बेदीका छोरा अंगद बेदीका साथ विवाह गरेकी हुन । नेहा र अंगदले आफ्नो इन्स्टाग्राम मार्फत विवाहको तस्बिरसहित आज विवाह गरेको खुलासा गरेकी छिन ।
नेहाले उनको इन्स्टाग्राम मार्फत आफूले विवाह गरेको खबर सार्वजनिक गरेकी हुन । विवाहको फोटोसहित नेहाले लेखेकी छिन, ‘मेरो जीवनको सही निर्णय, आज मैले मेरो मिल्ने साथीसँग विवाह गरेँ ।’
उनका नवविवाहित दुलहा अंगदले पनि ‘मिल्ने साथी र अहिले श्रीमती’ क्याप्सन राखेर फोटो सार्वजनिक गरेका छन । फोटोमा श्रीमती बेदी लेख्दै नेहालाई ट्याग गरेका छन् ।
यसअघि अभिनेत्री अनुष्का शर्मा तथा भारतीय क्रिकेटका कप्तान विराट कोहलीले पनि गुपचुप रुपमा विवाह गर्दै विवाहको खबरपछि मात्रै सार्वजनिक गरेका थिए । अभिनेत्री नेहाले पनि अनुष्कालाई पछ्याउदै कसैलाई खबर नगरी सुटुक्क विवाह गरेकी छिन ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...