Total Hits: 0

​राष्ट्रियसभामा मोदीको भ्रमणबारे सरकारको ध्यानाकर्षण

  • Posted: Thursday, May 10, 2018 14:53 PM ( 4 years ago )

काठमाडौं, वैशाख २७ – राष्ट्रियसभा सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, सुरक्षा संवेदनशीलता र सिमा सुरक्षाका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण तथा अन्य समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रियसभा सदस्य उतोल तामाङले दुर्गम क्षेत्रका नागरिकले बोलेको राज्यले नसुन्ने गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सांसद उदया शर्मा पौडेलले मोदीको भ्रमणलाई लक्षित गरेर भारतीय सेना नेपाल आएको भन्ने विषयमा सरकारसँग जानकारी माग गर्नुभयो । सांसद बिन्दादेवी रानाले भारतीय प्रधानमन्त्रीको भ्रमणका बेला सीमा क्षेत्र मिचिएको विषयमा कुरा उठाउन तथा प्रबुद्ध समूहले अहिलेसम्म गरेको कार्यप्रगति सार्वजनिक गर्न माग गर्नुभयो ।

सांसद उतोेल तामाङले आदिवासी जनजाति आयोगलाई प्रभावकारी बनाउन तथा दुर्गम क्षेत्रलाई सुगम तुल्याउने ढंगबाट कार्ययोजना अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद तारादेवी भट्टले कञ्चनपुरको प्यारा ताललाई कब्जा गर्ने नियतले भारतीय सुरक्षा फौजले आँखा लगाएको तथा सीमावर्ती क्षेत्रमा भारतीय पक्षले नेपाली किसानको बालीनाली लुट्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभाको अर्को बैठक वैशाख ३० गते बस्नेछ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook