Total Hits: 0

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सुरु, सत्तारुढ दलकै सांसद असन्तुष्ट

  • Posted: Thursday, May 10, 2018 14:44 PM ( 4 years ago )

काठमाडौं, वैशाख २७ – संसदमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफल सुरु भएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वर्ष २०७५/२०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसद्मा पेस गरेपछि विहीबारदेखि त्यसमाथि छलफल सुरु भएको हो ।  छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद भीम रावलले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बजेट केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो । कांग्रेसका डाक्टर मिनेन्द्र रिजालले साना आयोजनालाई बजेट विनियोजन नगर्ने गल्ती नगर्न सरकारलाई आग्रह गर्नुभयो ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सत्तारुढ दल नेकपा माओवादी केन्द्रकै सांसदले असन्तुष्टि जनाएका छन् । विहीबारको बैठकमा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले विनियोजन विधेयकले गरिब नागरिकलाई माथि उठाउने कार्यक्रम तय गर्न नसकेको टिप्पणी गर्नुभयो ।

राजपा नेपालका लक्ष्मणलाल कर्णले कृषिमा आधारित उद्योग स्थापनामा जोड दिने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो । संघीय समाजवादी फोरम, नेपालका राजेन्द्र श्रेष्ठले सरकारले ल्याएको विनियोजन विधेयकले हिजोकै आर्थिक प्रणालीलाई बढावा दिने खोजेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

यसतै नयाँ आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथि राष्ट्रियसभामा पनि छलफल सुरु भएको छ । कर प्रस्ताव बाहेक आर्थिक बर्ष २०७५÷२०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुदै राष्ट्रियसभाका सांसदहरुले कृषिको आधुनिकीकरण, चुरे संरक्षणलगायत विषयलाई प्राथमिकतामा राख्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सांसद बलरामप्रसाद बाँस्कोटाले सरकारले श्वेतपत्र जारी गर्दा देशको आर्थिक अवस्थाको चित्रण गरे पनि यसले खुट्टा टेक्न नसकेको आरोप लगाउनुभयो । सांसद राधेश्याम अधिकारीले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा सार्वजनिक र निजी विद्यालयबीचको गुणस्तर उकास्ने भनिएको भए पनि त्यसको आधार प्रस्तुत नभएकोमा अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

सांसद जीवन बुढाले हिमाली र पहाडी भूभाग बजेटको प्राथमिकतामा नपर्ने गरेको भन्दै भूगोललाई आधार बनाएर बजेटका प्राथमिकता निर्धारण गरिनुपर्ने तर्क गर्नुभयो । सांसद रमेशप्रसाद यादवले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा चुरे संरक्षणको विषय नआएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook