कुश्मामा ‘लम्फू’ हेर्न सिनेमा हलमा दर्शकको भीड
- Posted: Thursday, May 10, 2018 14:30 PM ( 3 years ago )
सन्तोष थापा/उज्यालो ।
पर्वत, वैशाख २७ – वैशाख २८ गते रिलिजको तयारीमा रहेको चलचित्र लम्फूको वैशाख २६ गते नै कुश्मामा च्यारिटि शो मार्फत प्रदर्शन गरिएको छ ।
पर्वत मिलन क्बल नामक संस्थाले लम्फूको पहिलो च्यारिटी शो प्रदर्शन गरेको हो । चलचित्रका निर्देशक लामिछाने संस्थापक अध्यक्ष रहेको त्यस क्लबले चलचित्रको च्यारिटी शो प्रदर्शन गरेका हो । पर्वतको कुश्मामा अधिकांश भाग छायांकन गरिएको चलचित्र सामाजिक विषयवस्तुमा आधारित छ ।
शहर उन्मुख बजारको वरपरको कथावस्तुबाट सुरुवात गरिएको चलचित्र अन्ततः आधुनिक समाजको कथाबाट समापन हुन्छ । चलचित्रमा एउटा निम्न वर्गीय परिवारबाट हुर्केको युवाले जीवनमा भोग्नु परेका थुप्रै खालका चुनौति र समस्याहरुलाई चित्रण गर्न खोजीएको छ ।
सामाजिक जीवनमा आधारित कथा वस्तुमा सलोन बस्नेत, मरिष्का पोख्रेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई र कुसुम श्रेष्ठको मुख्य भूमिका छ ।
चलचित्र हेरेपछि दर्शकले यथार्थपरक सामाजिक जीवनका घटनाहरु चलचित्रमा समावेश गरिएको प्रतिक्रिया दिए । हाँसो र रोदन दुवै पक्षहरु चलचित्रमा समेटिएको छ ।
चलचित्र हेर्न दशर्कहरु हलमा खचाखच थिए । रिलिजपछि चलचित्र हर्नेको थप भीड लाग्ने हल सञ्चालक बताउँछन । समकालिन नेपाली चलचित्र भन्दा फरक धारमा चलचित्र निर्माण गरिएको छ । चलचित्रले मनोरञ्जनका साथ सन्देश पनि दिन खोजेको छ ।
बेरोजगारका कारण नेपाली युवाहरुले भोगीरहेको समस्या चलचित्रमा स्पष्ट रुपमा देखाउन खोजीएको छ । ग्रामीण परिवेशबाट शहर छिरेको युवाको जीवनमा कस्तासम्म घटनाहरु घट्न सक्छन भन्ने कुराको समेत चलचित्र चित्रण गरिएको छ ।
भूपतिको लेखन रहेको चलचित्रमा दीपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन छ । निर्मात्री पूनम गौतमले यो चलचित्रमा कस्ट्यूम डिजाइन गरेकी छिन् ।
पपलुर मिडियाको प्रस्तुतीमा तयार भएको चलचित्रको निर्माता शक्ति बल्दभ घोरासैनी हुन् । चलचित्रमा अर्जुन पोखरेलको चलचित्रमा संगीत रहेको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...