Total Hits: 0

जस्टिन बीबरले मुर्ख नबन्नु भन्दै दिए सुझाव

  • Posted: Thursday, May 10, 2018 12:57 PM ( 5 years ago )

वैशाख २७ – फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा चर्चित व्यक्ति तथा कलाकारको जीवनले धेरैलाई प्रभावित पारिरहेको छ ।

सामाजिक सञ्जालको तडकभडक तथा चमकधमकले धेरैको व्यक्तिगत जीवनलाई निकै जटिल बनाई रहेकोछ । जसका कारण धेरैको जीवन तनाव, असन्तुष्टि तथा नकारात्मक रोचका बीच दिनदिनै जकडिँदै गइरहेकोछ । 

यही कुराको विषयमा विश्व चर्चित पप गायक जस्टीन बीबरले सामाजिक सञ्जालमार्फत सुझाव दिएका छन् । 

जस्टिनले उनको इन्स्टाग्राममा एक पोस्ट गरेका छन् । जसमा जस्टिनले भनेका छन्, ‘इन्स्टाग्राममा चर्चित व्यक्तिहरुले उनीहरुको जीवनशैली निकै शानदार रहेको जस्तो देखाइरहेका हुन्छन् । त्यो सब देखेर तपाईको जीवनको तुलनामा उनीहरुको जीवनशैली निकै सुन्दर छ भन्नेकुरा सोचेर मुर्ख नबन्नुहोला । म कसम खान्छु तपाईले सोचेको जस्तो केही पनि छैन ।’  

 

A post shared by Justin Bieber (@justinbieber) on

जस्टिनले दावाका साथ आफ्ना फ्यानहरुलाई सजग बनाइदिएका छन । जति पनि व्यक्तिले आफ्नो जीवनभन्दा चर्चित व्यक्तिको जीवनशैली सधै शानदार वा सुन्दर छ भनेर सोच्ने सबैको आँखा खोलिदिएका छन् । 

इन्स्टाग्राममा जस्टिनलाई फलो गर्नेको संख्या ९ करोड ९५ लाख भन्दा धेरै रहेको छ । जस्टिनले यो सुझाव शेयर गरेपछि धेरैले उनको यस कुराको समर्थन गर्दै जस्टिनको प्रशंसा गरेका छन । 
 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook