Total Hits: 0

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे विवेकशील साझा के भन्छ त ?

  • Posted: Thursday, May 10, 2018 12:45 PM ( 4 years ago )

काठमाडौं, वैशाख २७ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । 

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणमा केही समयदेखि चिसिएको नेपाल–भारत सम्बन्धमा सुधार हुने विश्वास गरिएको छ । दुई देशबीचमा लगातार उच्चस्तरीय भ्रमण हुनुलाई धेरैले नेपालको कुटनीतिक सफलता मानेका छन् । कतिपयले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनलाई लिएर टिकाटिप्पणी पनि गरेका छन् । 

विवेकशील साझा पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबाट दुई देशबीच अविश्वास हट्दै पारस्परिक सम्बन्धमा सुधार आउने विश्वास व्यक्त गरेको छ । प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा नेपाली पक्षबाट आवश्यक कूटनीतिक सावधानीहरू नअपनाइएको भए पनि उहाँको भ्रमणलाई हाम्रो राष्ट्रिय एकताको भावना कमजोर गर्ने ढङ्बाट टीकाटिप्पणी नगरियोस् भन्ने विवेकशील साझाको आग्रह छ । 

विवेकशील साझा पार्टी के भन्छ त ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ र २९ गते हुन लागेको नेपालको राजकीय भ्रमणले दुई देशबीचमा कतिपय विषयमा देखिएको अविश्वास हटाई पारस्पारिक सम्बन्धलाई थप मजबुत बनाउन योगदान गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ। नेपाल सरकारको निम्तोमा आउन लागेका विशिष्ट अतिथिलाई विवेकशील साझा पार्टी हार्दिक स्वागत गर्दछ।

मिथिला सभ्यताका लागि परिचित जनकपुर नेपालकै ऐतिहासिक तथा सांस्कृतिक धरोहरको एउटा केन्द्र हो। अन्तर्राष्ट्रिय छविका विशिष्ट पाहुनाबाट जनकपुरको भ्रमण र जानकी मन्दिरको दर्शन हुने विषयलाई हामीले राष्ट्रिय गौरवका रूपमा लिएका छौँ। 

जानकी मन्दिर सहित मुस्ताङको मुक्तिनाथ मन्दिरमा प्रधानमन्त्री मोदीले गर्ने धार्मिक अनुष्ठानले विश्वभर र विशेष गरी भारतीय जनता समक्ष यी दुवै स्थानको पहिचान र प्रचारप्रसारमा सकारात्मक योगदान पुर्‍याउने छ भन्ने हामीले ठानेका छौँ। प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा नेपाली पक्षबाट आवश्यक कूटनीतिक सावधानीहरू नअपनाइएको भए पनि उनको भ्रमणलाई हाम्रो राष्ट्रिय एकताको भावना कमजोर गर्ने ढङ्बाट टीकाटिप्पणी नगरियोस् भन्ने हाम्रो आग्रह छ।

भ्रमणको हार्दिक स्वागत गर्दागर्दै पनि हामी २०७२ सालमा विनाशकारी भूकम्पको लगत्तै प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले नेपालमाथि लगाएको अमानवीय र अन्तर्राष्ट्रिय कानुन प्रतिकूलको अघोषित नाकाबन्दीको स्मरण गराउन चाहन्छौँ। राज्य र जनस्तर दुवै तहमा घनिष्ट सम्बन्ध रहेको ठूलो छिमेकी देशबाट नेपालले विभिन्न बहानामा तेस्रो नाकाबन्दी भोग्नु अत्यन्तै खेदजनक घटना थियो।

नाकाबन्दीले गर्दा आम नेपालीको मनमा लागेको घाउ अझै निको नभएको यथार्थसँग भारत अनविज्ञ छैन। प्रधानमन्त्री मोदीको राजकीय भ्रमणको यो महत्त्वपूर्ण अवसरमा उनले त्यति बेला नेपालीको मनमा पुर्‍याएको चोटप्रति क्षमायाचना गर्नु जायज हुन्छ भन्ने हाम्रो धारणा हो। त्यसै गरी विगतका अन्य तिता अनुभव मेटिने गरी नेपाल–भारतबिच रहेका सीमा तथा सीमा क्षेत्रका भारतीय बाँधले उत्पन्न गरेको बाढी लगायतका विवादका विविध मुद्दाहरूको निरूपण गर्न पनि पारस्पारिक सम्मानका आधारमा दुवै देशका सरकारबाट पहल होस भन्ने हामी चाहन्छौँ ।

प्रधानमन्त्री मोदीको नेपालको दुईदिने राजकीय भ्रमण सफल, सुखद र फलदायी रहोस् भन्ने हार्दिक कामना गर्दछौँ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook