Total Hits: 0

डाक्टर भट्टराईले संसदमा भने– समाजवाद ठूलो होइन भौतिक र सामाजिक पूर्वाधार तयार गर्नुपर्‍याे

  • Posted: Thursday, May 10, 2018 12:23 PM ( 4 years ago )

काठमाडौं, वैशाख २६ – नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी बजेटको प्राथमिकता र वित्तिय संरचनामा समाजवादको ठूला कुरा गरेर नभई भौतिक र सामाजिक पूर्वाधार तयार गर्नुपर्ने बताउनुभयो । 

विहीबारको प्रतिनिधिसभाको बैठक बोल्दै भट्टराईले भौतिक पूर्वाधार र सामाजिक पूर्वाधारका विषयलाई प्राथमिकता दिन सुझाव दिनुभएको हो । पूर्व पश्चिम सडक, रेल मार्ग, जल मार्ग, हवाई मार्गलगायत विकासका पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

सामाजिक पूर्वाधार बिना औद्योगिक अर्थतन्त्र नबन्ने भन्दै उहाँले शिक्षामा क्रान्ति ल्याउन, अहिलेको शिक्षा प्रणालीलाई परिर्वतन गरेर प्राविधिक बनाउन र सबै प्रदेशमा विशेष आर्थिक क्षेत्र घोषणा गर्न माग गर्नुभएको थियो ।
उहाँले कृषिको आधुनिकीकरणका लागि सिंचाईको उपयुक्त व्यवस्था गरि वैज्ञानिक बाली प्रणाली अपनाउनुपर्ने पनि बताउनु भयो । 

उहाँले अनुत्पादक क्षेत्रको लगानी घटाउन सरकारलाई सुझाव दिनुभयो । उहाँले वैदेशिक लगानी भित्र्याउन लगानी बोर्डलाई सशक्त र कामकाजी बनाउनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।

सामान्य निरन्तरतामा मात्रै बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरे विकासको गति पहिल्याउन नसक्ने भन्दै उहाँले समाजवाद उन्मुख बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । दुवै छिमेकी मुलुकसँग मित्रवत सम्बन्ध कायम राखेर लगानी भित्र्याउन पनि  भट्टराइले सरकारलाई सुझाव दिनुभयो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook