Total Hits: 0

​आउँदो बजेटका प्राथमिकताबारे राष्ट्रियसभामा छलफल : कसले के भने ?

  • Posted: Thursday, May 10, 2018 12:02 PM ( 4 years ago )

काठमाडौं, वैशाख २७ – आउँदो आर्थिक वर्ष २०७५/२०७६को बजेटको सिद्धान्त र प्राथमिकतामाथि संघीय संसदमा बहस सुरु भएको छ ।  

बुधबार अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कर प्रस्तावबाहेक २०७५/२०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेस गर्नुभएको थियो । अर्थमन्त्रीले पेस गरेका सिद्धान्त र प्राथमिकतामाथि बिहीबारदेखि छलफल सुरु भएको हो । २०७५/२०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सहभागी हुदै राष्ट्रियसभाका सदस्यहरुले कृषिको आधुनिकीकरण, चुरे संरक्षणलगायत क्षेत्रलाई प्राथमिकतामा राख्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभा सदस्य बलरामप्रसाद बास्कोटाले श्वेतपत्र जारी गर्ने बेलामा मुलुकको आर्थिक अवस्थाको चित्रण गरेको भए पनि यो प्रस्तुत गर्दै गर्दा अलिकति लरबरिएको र खुटा टेक्न नसकेको हो कि भन्ने महसुस भएको बताउनुभयो । 

त्यसैगरी राष्टियसभा सदस्य राधेश्याम अधिकारीले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा सार्वजनिक र निजी विद्यालयबीचको गुणस्तर उकास्ने भनिएको भए पनि त्यसको आधार प्रस्तुत नभएको, व्यवसायिक कृषिमा जोड दिइएको भए पनि कृषिमा आकर्षणको केन्द्रको व्याख्या र प्राथमिकता नदिएको भन्दै थप स्पष्ट पार्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । कृषि किन विकर्षणको केन्द्र भएको छ भन्ने विषयको जरोसम्म पुग्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले नदीको डाइभर्सन गर्ने विषय अति उत्तम रहेको भन्दै प्रशंसा गर्नुभयो ।

जीवन बुढाले नेपालको हिमाल र पहाडी भूभाग संघीयताको बजेटको प्राथमिकतामा नपरेको भन्दै भूगोललाई आधार बनाएर बजेट विनियोजनको सिद्धान्त र प्राथमिकता निर्धारण गरिनुपर्ने तर्क गर्नुभयो । यही स्वरुपमा बजेट ल्याएमो आधा नेपालको बजेट हुने र आधार नेपाल र नेपालीका लागि मात्रै संघियता हुने भन्दै पूरै नेपालले महसुस गर्ने गरी बजेट विनियोजन गर्न माग गर्नुभयो ।

त्यसैगरी रापप्रित पासवानले भने जनसंख्यालाई मुख्य आधार बनाएर मात्रै बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । विकास भूगोललाई नभई जनसंख्यालाई आवश्यक पर्ने भन्दै उहाँले त्यसैको आधारमा बजेट छुट्याउनुपर्ने बताउनुभयो । 

राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादवले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा चुरे संरक्षणको विषय नआएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले कृषि, स्वास्थ्य, शिक्षासँगै वातावरण संरक्षणका लागि चुरेको संरक्षण हुनु जरुरी रहेको बताउनुभयो । चुरेको संरक्षण नभए तराईको अन्न भण्डार मासिने र  मरुभूमिमा परिणत हुने भन्दै चुरे संरक्षणलाई छुट्टै बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।
 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook