Total Hits: 0

‘के हामीले भारतीय प्रधानमन्त्री मोदीलाई सुरक्षा दिन सक्दैनौँ ?’

  • Posted: Thursday, May 10, 2018 11:37 AM ( 5 years ago )

काठमाडौं, वैशाख २७ – राष्ट्रियसभा सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, सुरक्षा संवेदनशीलता र सिमा सुरक्षाका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

विहीबार बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भन्दै नेपाल आएको ठूलो संख्याको भारतीय सुरक्षाकर्मीको आवश्यकता, सीमा सुरक्षालगायतमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभा सदस्य उदया शर्मा पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा ठूलो संख्यामा नेपालमा भारतीय  सुरक्षाकर्मी भित्रिँदा सुरक्षामा चुनौती भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘के हामीले भारतीय प्रधानमन्त्री र उहाँसँगै आउने पाहुनालाई सुरक्षाको प्रत्याभुति दिन सक्दैनौँ ?’ 

राष्ट्रियसभा सदस्य विनादेवी रानाले भारतीय दुतावासलाई नेपालमा ५ करोड रुपैयाँ सम्मको योजना सञ्चालनका लागि खर्च गर्न सक्ने अधिकार दिएको भन्दै उहाँले वर्तमान सरकारको राष्ट्रवाद प्रति प्रश्न गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook