Total Hits: 0

​रामोसको आत्मघाती गोलले रियल मड्रिड फेरि हार्‍याे

  • Posted: Thursday, May 10, 2018 09:48 AM ( 3 years ago )

वैशाख २७ – स्पेनिस फुटबल लिग लालिगामा रियल मड्रिडले बुधबार सेभियासँगको खेलमा ३–२ को हार व्यहोरेको छ । सर्जियो रामोसले पेनाल्टीमा गोल गर्नबाट चुक्नु र आत्मघाती गोलले नै रियल मड्रिड सेभियासँग हार्न पुग्यो । 

खेलको २६ औँ मिनेटमा बेन येद्देरले गोल गर्दै सेभियालाई १–० को खग्रता दिलाएका थिए । त्यसपछि ४५ औँ मिनेटमा मिगेल लायुनले गोल गर्दै सेभियाको अग्रता दोब्बर बनाए ।

पहिलो हाफ र दोस्रो हाफको अन्तयसम्म पनि खराब प्रदर्शन गरेको रियल मड्रिडले ८४औँ मिनेटमा सेभियालाई एक गोल उपहारका रुपमा दियो । सर्जियो रामोसले गरेको आत्मघाती गोलले सेभियाको अग्रता ३–० पुग्यो । रियलका लागि बोर्जा मायोरलले ८७ औँ मिनेटमा तथा रामोसले इन्जुरी समयमा पेनाल्टीमाफर्त गोल गरेका थिए । त्यसअघि रामोसले पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । 

रियल मड्रिडका गोलरक्षक केलर नाभासलाई आराम दिइएको थियो । त्यस्तै रियल क्रिस्टियानो रोनाल्डोबिना नै उत्रिएको थियो । रियलले मे २६ मा च्याम्पियन्स लिगको फाइनलमा लिभरपूलसँग सामना गर्दैछ  । त्यसैले पनि उनीहरुलाई आराम दिइएको हो । लालिगामा अब रियलले दुई खेल खेल्न बाँकी छ ।

३६ खेलबाट रियल ७२ अंकसहित तेस्रो स्थानमा रहेको छ । ३६ खेलबाटै ९० अंक रहेको बार्सिलोनाले १० दिनअघि नै लालिगाको उपाधि उचालिसकेको छ । ३६ खेलबाटै ७५ अंक रहेको एथलेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook