Total Hits: 0

मुख्यमन्त्री भन्छन् : राजधानी र नामको विषयमा दुनियाँलाई रमिता नदेखाऔँ

  • Posted: Thursday, May 10, 2018 06:46 AM ( 4 years ago )

मोरङ, वैशाख २७ – प्रदेश संसदमा बुधबार दोश्रो पटक सम्बोधन गर्नुभएका मुख्यमन्त्री शेरधन राईले सकेसम्म सहमतिकै माध्यामबाट प्रदेशको राजधानी र नामांकरण टुंगो लगाइने बताउनुभएको  छ ।

सरकारले परिपक्व ढंगले छलफल चलाए राजधानी र नामांकरणको विषय टुङ्गो लगाउन चाहेको मुख्यमन्त्री राईले स्पष्ट पार्नुभयो । विभिन्न प्रकारका भावनात्मक प्रभाव र दबाबमा परेर एवम् दुनियाँलाई रमिता देखाएर राजधानी र नामाङ्करणको विषयमा अगाडि बढ्न नसकिने उहाँले ठोकुवा गर्नुभयो ।

प्रदेश सरकारलाई विवाद र झमेलामा फसाउने प्रपञ्च भइरहेको भन्दै मुख्यमन्त्री राईले भन्नुभयो ‘कसैको भावना दबाब वा यसो र उसो भनेर सरकार बहकिएको छैन, हामीले अनावश्यक विवाद र झमेलामा फस्न सुहाउँदैन ।’ उहाँले प्रदेशको राजधानी तोक्ने र नामाकरणको विषयमा संसदका सबै दलहरुसँग परामर्श थालेको जानकारी दिनुभयो ।

हिउँदे अधिवेशन सकियो

बैठकबाट एकैदिन ५ वटा विधेयक पारित भएका छन्  । बुधबारको बैठकको अन्त्यमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुख डा.गोविन्द तुम्बाहाङले पठाएको अधिवेशन अन्त्य गर्ने पत्र पढेर सुनाउनुभएको थियो । पत्रकै व्यहोरा वाचन गर्नुअघि सभामुख भण्डारीले हिउँदे अधिवेशनमा भएको मुख्य उपलब्धिको बारेमा बैठकमा जानकारी गराउनुभएको छ  । आफ्नो निजी अनुभवको रुपमा प्रदेश संसदको अभ्यास गर्ने मौकालाई नौलो अनुभव भएको उहाँले सुनाउनुभयो । प्रदेशसभा सञ्चालनको क्रममा सत्ता पक्ष र प्रतिपक्षमा रहेका दलहरुले सौहार्दताका साथ मिलेर अघि बढ्न गरेको प्रयासको प्रशंसा गर्नुभयो ।

संसदभित्रका हरेक गतिविधिहरुमा प्रदेशसभाका सदस्य र कर्मचारीको अतुलनीय सहयोग प्राप्त भएको सुनाउँदै कानुन निर्माणमा अन्य प्रदेश भन्दा एक नम्बर प्रदेश सभा ऐतिहासिक रुपमा सफल भएको उहाँले बताउनुभयो । संसदका गतिविधिहरुलाई बाहिर ल्याएर नागरिकलाई सूचित गरेको भन्दै सभामुख भण्डारीले सम्पूर्ण सञ्चार क्षेत्रलाई समेत धन्यवाद दिनुभयो ।

बुधबारको बैठकमा संघीय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिका कारण आफूहरु यहाँसम्म आइपुगेको स्मरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook