Total Hits: 0

मुम्बई इन्डियन्सका सामु कोलकाता नाइटराइडर्स निरीह, १०२ रनले पराजित

  • Posted: Thursday, May 10, 2018 06:28 AM ( 3 years ago )

वैशाख २७ – इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तरगत बुधबारको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रन ले हराएको छ । 

कोलकातामा भएको यस खेलमा केकेआरका कप्तान दिनेश कार्तिकले टस जितेर पहिले फिल्डिङ रोजेका थिए । पहिले ब्यािटङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१० रनको स्कोर खडा गरेको थियो । 

मुम्बईका लागि इशान किशनल् उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले मात्रै २१ बलमा ५ चौका र ६ छक्काको सहयोगले ६२ रन बनाएका हुन् । त्यस्तै मुम्बईका लागि रोहित शर्मा र सूर्यकुमार यादवले ३६–३६ रनको योगदान दिए । 

कोलकाताका लागि पियुश चावलाले ३ विकेट लिए  भने सुनिल नारायण, टिम कुर्रन तथा प्रसिद्ध कृष्णले. समान एक–एक विकेट लिए । 

२११ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोलकाताका कुनै पनि ब्याट्सम्यान जम्न सकेनन् । कोलकाताले १८ ओभर १ बलमा आफ्नो सबै विकेट गुमाउँदै १०८ रन बनाउन सक्यो । कोलकाताका लागि क्रिस लिन तथा नीतीश राणाले २१–२१ रन बनाउँदा रोबिन उथप्पाले १४ रन बनाए । कोलकाताका सुनिल नारायण तथा आन्द्रे रसेलले बुधबारको खेलमा आफ्नो खेल देखाउन सकेनन् । 

मुम्बईका लागि हार्दिक पाण्ड्या तथा क्रुणाल पाण्ड्याले उत्कृष्ट बलिङ गर्दै समान २–२ विकेट लिए । हार्दिकले ३ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट लिएका थिए । त्यस्तै क्रुणालले ३.१ ओभर बलिङ गर्दै १२ रन खर्चेर २ विकेट लिए । 

बुधबारको खेलपछि मुम्बई इन्डियन्स अंकतालिकाको चौथो स्थानमा पुगेको छ ।

आईपीएलको अंकतालिकामा सनराइजर्स हैदराबाद १६ अंकसहित शीर्ष स्थानमा रहेको छ । १४ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रहेको छ भने किंग्स इलावेन पञ्जाब १२ अंकसहित तेस्रो स्थानमा रहेको छ । कोलकाता नाइटराइडर्स भने १० अंक भए पनि रनरेटका आधारमा पाँचौ स्थानमा रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook