हावाहुरीले वृद्धको मृत्यु, जस्ता र टायलका घरका छाना उडायो
- Posted: Wednesday, May 09, 2018 19:00 PM ( 3 years ago )
सिरहा, वैशाख २६ – बुधबार बिहानीपख आएको हावाहुरी र वर्षाले सिरहाको विभिन्न गाँउ, टोलमा ठूलो क्षति पुगेको छ ।
हावाहुरीको बेला गाउँनजिकैको घुर्मिखोलामा शौच गर्न गएको बेला मिर्चैया नगरपालिका–१०, पिपराका ७७ वर्षका सगुनी महतोको ज्यान गएको छ । बिहानीपख दिसा गर्न गएका उनको एक्कासी आएको तिव्रगतिको हावाहुरीका कारण ज्यान गएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो । प्रहरीका अनुसार हुरीबत्तासले धेरै नागरिक घाइते भएका छन् ।
बुधबार बिहान करिब ४ बजे आएको हावाहुरीले ठूलो मात्रामा घरहरुमा क्षति पुगेको पनि प्रहरीले जनाएको छ । हावाहुरीले ठूलो संख्यामा जस्ता तथा माटोको टायलहरु उडाएर क्षति पुर्याएको जनाएको छ । घरका छाना उडाएपछि स्थानीयबासिन्दा मर्कामा परेका छन् ।
धेरैको घरमा क्षति पुगेकोले मर्मत गर्ने कामदार नपाउँदा उनीहरु भmन ठूलो समस्यामा परेको गोलबजार नपा–४, का दुखि महराले दुखेसो पोख्नुभयो । ‘हावाहुरीले घरका सबै टायल उडाएर लग्यो, मर्मत गर्ने प्राविधिक पनि भेटिएको छैन’, उहाँले भन्नुभयो, ‘अब पानी परे झन ठूलो विजोग हुन्छ ।’
नेपाल विद्युत प्रधिकरण मिर्चैया वितरण केन्द्र र लहान वितरण केन्द्र अन्तर्गत लहान र मिर्चैयाका विभिन्न ठाउँहरुमा ठूलो संख्यामा विद्युतका पोलहरु ढलेकाले विद्युत सेवा अवरुद्ध भएको छ । मिरचैया नागपालिकाको सबै ठाउँमा विद्युत आउन १० दिनसम्म लाग्न सक्ने नेपाल विधुत प्रधिकरण मिर्चैयाका प्रमुख शिवराम यादवले जानकारी दिनुभयो ।
यता जिल्लाको सबै ठाउँमा विद्युत पुर्याइसक्न अब महिनौं लाग्न सक्ने अनुमान गरिएको छ । हावाहुरीले सयौंको संख्यामा पोलहरु ढलेको छ । हावाहुरीका कारण विद्युतीय सर्ट भएर ठाउँ–ठाउँमा पंखा, कम्प्युटर, फ्रिज जलेका छन् ।
हावाहुरीले सिरहामा आँप अत्यधिक रुपमा खसेपछि किसानहरु चिन्तित भएका छन् । आँपको रुखमा लागेको चिचिला हावाहुरीले झारेपछि किसानहरु चिन्तित बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...