हरियो चियाको लागत मूल्य तोकियो, किसान ढुक्क
- Posted: Wednesday, May 09, 2018 10:59 AM ( 3 years ago )
सुजता सुनुवा/उज्यालो ।
इलाम, वैशाख २६ – इलाममा उत्पादित हरियो चियापत्तिको लागत मूल्य निर्धारण गरिएको छ । जिल्लाको सुर्योदय नगरपालिकामा चियासम्बन्धी विभिन्न तथ्याङ्क संकलन गरी हरियो चियाको लागत मूल्य निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।
उन्नति समावेशी परियोजना अन्तर्गत चिया विस्तार योजना फिक्कलको प्राविधिक सहयोगमा लागत मूल्य निर्धारणको लागि दुई महिनासम्म अध्ययन गरी तथ्याङ्कहरु संकलन गरेको थियो ।
तथ्याङ्ककको आधारमा नगरपालिकाले हरियो चियाको लागत मूल्य ३७ रुपैयाँ ३१ पैसा निर्धारण गरेको नगरपालिका प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘किसानले उत्पादन गर्ने चियाको मूल्य छिटो – छिटो घटबढ भइरहने भएकाले किसान र उद्योगी दुवैको हित हुने गरी लागत मूल्य निर्धारण गरिएको हो ।’
किसानले कुन मापदण्डको चिया टिपाई गर्ने र कारखानाले कस्तो चियापत्ति लिने भन्ने मापदण्ड बनाउने विद्युतको नियमितताबारे भने थप छलफल गरिने छ ।
नगरपालिकाको आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माको संयोजकत्वमा चिया विस्तार योजना फिक्कलका प्रतिनिधि, चिया उत्पादक सहकारी संस्थाका प्रतिनिधिहरु, ठूला तथा साना चिया उद्योगका प्रतिनिधि स्वतन्त्र चिया विज्ञ जिल्ला चिया उत्पादक सहकारी संस्थाका प्रतिनिधिलगायतको सहभागितामा २ महिना लगाएर लागत मूल्यको अध्ययन गरिएको थियो ।
विद्युत अनियमितताको कारण उद्योग सञ्चालनमा समस्या भएको चिया उद्योगीहरुको गुनासो छ । विद्युत क्षमता विस्तारको काम भइरहेको छ । नियमित वितरण गर्न के गर्न सकिन्छ भन्नेबारेमा बुधबार विद्युत प्रधिकरणसँग छलफल गरिने नगरपालिकाले जनाएको छ ।
जिल्लाको सबै भन्दा ठूलो नगरपालिका सुर्योदयका सबै वडामा चिया खेती हुदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...