नेपाली चिया निर्यातमा भारतीय पक्षको अवरोध
- Posted: Wednesday, May 09, 2018 07:27 AM ( 3 years ago )
सुजता सुनुवार/उज्यालो ।
इलाम , वैशाख २६ – नेपाली तयारी चिया निर्यातमा भारतीय पक्षले अवरोध पुर्याएका छन् । विक्रीका लागि पानीट्यांकीसम्म पुर्याइएका तयारी चिया ‘नमुना परीक्षण गराउन’ भन्दै एक हप्ता अघिबाट रोकेर राखेको उद्योगीहरूले बताएका छन् ।
भारत र तेस्रो मुलुक पठाइने तयारी चिया भारतीय कस्टममै रोकेपछि चिया नष्ट हुने खतरा बढेको छ ।
मेचीका ४३ उद्योगबाट संकलन गरेर लगेको तयारी चिया कोलकातामा रहेको सेन्ट्रल फुड ल्याबमा नमुना परीक्षण गराएर मात्र आयात गर्न दिने भन्दै भारतीय पक्षले तयारी चिया विक्रीमा रोक लगाएको हो ।
इलामको सूर्याेदय नगरपालिकाको सुन्दरपानीमा रहेकाे गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईंले भन्नुभयो ‘नेपालमा उत्पादित ५५ लाख अर्थोडक्स चियाको ८० प्रतिशत बजार भारत नै हो ।’
तेस्रो मुलुकमा पुग्न समेत भारतकै बाटो भएर जाने भएकाले भारतीय कस्टमले चिया रोकेपछि सम्पूर्ण उद्यमीहरु मारमा परेका छन् । चापागाईँले भन्नुभयो, ‘अर्थोडक्स चिया प्याक गरेर घामपानीमा राख्दा चाँडै विग्रने भएकाले छ हजार तयारी चिया नेपाल भन्सारमा नै राखेको छु ।’
चियामा भएको अवरोधबारे वाणिज्य मन्त्रालयमा जानकारी गराइएको भए पनि अहिलेसम्म अवरोध हटेको छैन । नेपाली तयारी चियाको लोगो लागू भएको र तेस्रो मुलुकमा नेपाली चियाको माग बढ्दै गएपछि निर्यातमा भारतले झन्झटिलो प्रावधान ल्याएको छ । यसले गर्दा व्यवसायीहरु निरास बनेका छन् ।
भारतीय कस्टमले अहिले नेपालको तयारी चिया लिएर त्यहाँ पुगेका प्रत्येक गाडीबाट आफैँ नमुना लिएर कोलकातामा परीक्षण गराउन थालेको छ । परीक्षणको रिपोर्ट आएपछि मात्रै ट्रक छिर्न दिने भारतको पछिल्लो कदमले नेपाली उद्यमीलाई समस्या भएको चापागाईँले बताउनु भयो ।
‘यसअघि एकपटक नमुना परीक्षणको रिपोर्ट आएपछि ६ महिनासम्म चिया पठाउन पाइने सुविधा थियो । भारतले विभिन्न समयमा अदुवा, अलैंची अम्लिसोलगायतका नगदेबाली आयातमा अघोषित प्रतिबन्ध गरिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...