Total Hits: 0

​यूसफ पठानले यस्तो क्याच गरे कि भाइ इरफानले सोधे : यो क्याच हो कि आँप टिपेको ?

  • Posted: Tuesday, May 08, 2018 20:35 PM ( 3 years ago )

वैशाख २५ – इन्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल)  २०१८ मा केन विलियम्सनको कप्तानीमा सनराइजर्स हैदराबादले शानदार प्रदर्शन गरिरहेको छ । 

सोमबार सनराइजर्सले रोयल च्यालेन्जर्स बेंग्लोरसँग १४६ रनको सानो योगफल बनाएर पनि डिफेन्ड गर्न सफल भयो । त्यसो त सनराइजर्सले यसपल्ट थौरै टार्गेट दिएर पनि खेल जितिरहेको छ । 

आरसीबीको सामु मात्रै १४७ रनको झिनो लक्ष्य थियो तर उसले २० ओभरमा ६ विकेटको क्षतिमा १४१ रन मात्रै जोड्न सफल भयो । सोमबारको खेलमा फेरि एकपल्ट सनराइजर्सका बलरहरुको उत्कृष्ट प्रदर्शन हेर्न पाइयो  । साथै फिल्डरहरुको चुस्त फिल्डिङ पनि खेलमा निकै प्रशंसायोग्य थियो ।

सनराइजर्सका लागि यूसुफ पठानले एक उत्कृष्ट क्याच गर्दै आरसीबीका कप्तान विराट कोहलीलाई ३९ रनमै पेभेलियन फर्काइदिए । यूसुफले शाकिब अल हसनको बलिङमा उत्कृष्ट क्याच गर्दै विराटलाई आउट गरेका हुन् । 

कप्तान विराट कोहली आउट भएसँगै आरसीबीको ब्याटिङ लाइनमा समस्या देखिएको थियो । शाकिबको लेन्थ बलमा विराटले शट प्रहार गरे । बल शर्ट थर्ड एरियातर्फ गएको थियो । यूसुफले गज्जबको पूर्वानुमान गर्दै उफ्रिए र आँप टिपेझैँ गरी एक हातले बल क्याच गरे । त्यसो त यसअघि विलियम्सनको हातबाट विराट क्याच हुनबाट पहिले नै जोगिएका थिए । 

यूसुफ पठानको क्याचको सामाजिक सञ्जालमा निकै नै प्रशंसा भइरहेको छ । उनका भाइ इरफान पठानले ट्वीट गर्दै प्रशंसा गरेका छन् । इरफान लेख्छन्, ‘यो क्याच हो कि आँप टिपेको ?’ 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook