Total Hits: 0

रोनाल्डो भएपछि पोर्चुगलका लागि यो विश्वकपमा सबै सम्भव : मोउरिन्हो

  • Posted: Tuesday, May 08, 2018 18:51 PM ( 3 years ago )

वैशाख २५ – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक होजे मोउरिन्होले क्रिस्टियानो रोनाल्डो टिममा भएकोले २०१८ को विश्वकपमा पोर्चुगललाई कुनै पनि कुरा असम्भव नहुने बताएका छन् ।  

यसअघि चेल्सी, रियल मड्रिड, इन्टर मिलान तथा पोर्टोका प्रशिक्षक रहिसकेका मोउरिन्होले पोर्चुगलको राष्टिय टोलीलाई अहिलेसम्म प्रशिक्षण भने दिएका छैनन् । उनी रुसमा हुने प्रतियोगिताको केही भागमा भने उपस्थित रहने बताइएको छ ।

पोर्चुगलका नागरिकसमेत रहेका मोउरिन्होका अनुसार यसपाला ब्राजिल, अर्जेन्टिना र स्पेन दाबेदार हुन् तर टिममा रोनाल्डो रहेकाले उनको मातृभूमि पोर्चुगललाई पनि बाहिर राख्न नमिल्ने बताए ।  ‘पोर्चुगलको टोली रोचक छ । क्रिस्टियानो नभएको भए यो असम्भव थियो । तर उनी टिममा भएकोले कुनै कुरा असम्भव छैन’, ईएसपीएनसँगको कुराकानीमा उनले भने ।

मोउरिन्होले ब्राजिल र स्पेन आउँदो विश्वकपअगाडि निकै नै सम्हालिएका टिमका रुपमा रहेको व्याख्या गरे ।आफूलाई ब्राजिलको चातुर्य र मानसिकतासहितको आधारभूत संरचना साह्रै मन पर्छ भन्दै उनले भने, ‘ब्राजिलको प्राकृतिक क्षमता, गाम्भीर्य, शारीरिक तथा चातुर्यको मिश्रण छ ।’

उनको विचारमा ब्राजिलको रक्षापंक्ति राम्रो छ, कम गोलमात्र खान्छ, र अग्रपंक्तिमा विलियम, नेइमार, कोउटिन्हो तथा जीजसजस्ता हस्तीहरु छन् ।उनले युरोपका परम्परागत टिमहरुमध्ये स्पेन बलियो टिम भएको विचार व्यक्त गरे ।

‘स्पेन अन्य प्रतिस्पर्धी युरोपेली टिमभन्दा राम्रो स्थितिमा छ । तर हेर्दै जाउँ....यो मेरालागि रोमाञ्चक हुनेछ । म खेल हेर्न एक हप्ताको लागि रुसमा हुनेछु र त्यसपछि पारिवारिक छुट्टीमा’, उनले भने  । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook