Total Hits: 0

एपीएफले उचाल्यो चौथो केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि

  • Posted: Tuesday, May 08, 2018 18:16 PM ( 3 years ago )

काठमाडौं, वैशाख २५ – चौथो केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफ क्लबले जितेको छ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा यसअघिकै तीनै संस्करणमा पनि एपीएफ च्याम्पियन बनेको थियो ।
 
गत वर्षको सिजनभर प्रायः सबै उपाधि जितेको एपीएफले यस सिजनको पहिलो उपाधि पनि जित्न सफल भएको छ । त्यसका लागि मंगलबार भएको फाइनलमा एपीएफले विभागीय प्रतिस्पर्धी नेपाल पुलिसलाई ३–० को सेटमा हराएको हो ।
 
युवा खेलाडीले भरिएको पुलिसविरुद्ध अनुभवी तथा राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी सम्मिलित एपीएफ हावी देखियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार भएको फाइनलमा एपीएफले पुलिसको चुनौति २५–१२, २५–१९ र २५–१७ ले पन्छायो ।
 
उपाधिसँगै एपीएफले १ लाख ५० हजार पुरस्कार पाएको छ भने उपविजेता पुलिसले १ लाख रुपैयाँ पुरस्कार पाएको छ । तेस्रो भएको न्यू डायमण्ड एकेडेमीले ५० हजार रुपैयाँ पुरस्कार पायो । अघिल्ला तीनै संस्करणमा न्यु डायमण्ड उपविजेता भएको थियो ।  
 
तेस्रो स्थानका लागि मंगलबारै भएको खेलमा न्यु डायमण्डले पश्चिमाञ्चलको चुनौति ३–० ले पन्छाएको हो । न्यु डायमण्डले २५–१४, २५–१६, २५–१४ को सेटमा जित निकालेको थियो ।
 
प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफ क्लवकी सरस्वती चौधरी घोषित भइन् । उनले १० हजार पुरस्कार पाइन् । त्यस्तै शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले दिने १० हजार रुपैयाँ राशीको बिशेष पुरस्कार एपीएफकै रेश्मा भण्डारीले पाइन् ।
 
यता बिधागततर्फ उत्कृष्ट स्पाइकर न्यू डायमण्डकी प्रतिभा माली, उत्कृष्ट डिफेन्स न्यू डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर नेपाल पुलिसकी मनिषा चौधरी, उत्कृष्ट सेटर नेपाल पुलिसकी कमला पुन, उत्कृष्ट सर्भर एपीएफकी उषा विष्ट, उत्कृष्ट क्वीकर न्यू डायमण्डकी ललिता नाथ र उत्कृष्ट प्रशिक्षक एपीएफ क्लवका ज्ञानेन्द्र विष्ट घोषित भए ।
 
गएको वैशाख २१ गतेदेखि सुरु भएको प्रतियोगितामा एपीएफ, पुलिस, न्यु डायमण्ड, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook