विश्वकप खेल्ने नेपाली टोलीको बिदाई
- Posted: Tuesday, May 08, 2018 18:13 PM ( 4 years ago )
काठमाडौं, वैशाख २५ – रुसको मस्कोमा हुने ‘स्ट्रिट चाइल्ड वल्र्डकप’ मा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपले बिदाई गरेको छ ।
नेपाली टिम बुधबार मस्को प्रस्थान गर्नेछ । ९ जना खेलाडीले मस्कोमा नेपालको प्रतिनिधित्व गर्नेछन् । त्रिपुरेश्वरको ओलम्पियन सेमिकवर्डहलमा आयोजित कार्यक्रममा परिषदका सदस्यसचिव केशवकुमार विष्टले ९ सदस्यीय नेपाली टोली र अफिसियललाई बिदाई गरेका हुन् ।
नेपाली टोलीलाई बिदाई गर्दै सदस्यसचिव विष्टले देशको नाम अन्तर्राष्ट्रिय समुदायमा फैलाउन भन्दै अन्य सडक बालबालिकाको लागि प्रेरणाको श्रोत बन्न शुभकामना दिए ।
स्ट्रिट चाइल्ड युनाइटेडको आयोजनामा हुने प्रतियोगिता सेभेन ए साइडको आधारमा सञ्चालन हुनेछ । रुस जाने नेपाली टोलीमा रोशन भुजेल, एरोन कार्की, पवन शाही, सचिन विश्वकर्मा, विशाल वादी, सन्तोष खत्री, मनविर लामा, विकास तिमल्सिना र रमेश शाह तेली छन् ।
सेल्टर आश्रय नेपालले तीन महिनाअघि सडक बालबालिकाहरुको राष्ट्रिय लिग सञ्चालन गरेर टिम छनोट गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...