Total Hits: 1.8 K

साताव्यापी नेपाल कला मेला सोमबारदेखि ढाकामा सुरु

  • Posted: Tuesday, May 08, 2018 16:27 PM ( 2 years ago )

काठमाडौं, वैशाख २५ – ‘नेपाल कला मेला बंगलादेश–२०१८’ बंगलादेशको राजधानी ढाकामा वैशाख २४ गते सोमबारदेखि सुरु भएको छ ।  

ढाकास्थित बंगलादेश शिल्पकला एकेडेमीमा एक सातासम्म चल्ने मेलाको बंगलादेशका संस्कृति मन्त्री असादुजमान नुरले सोमबार साँझ एक समारोहबीच उद्घाटन गर्नुभयो ।
 
बंगलादेश शिल्पकला एकेडेमीका महानिर्देशक लियाकत अली लक्कीको सभापतित्वमा भएको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमा नेपाल ललितकला प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय, बङ्गलादेश संस्कृति मन्त्रालयका सचिव नासिर उद्दिन अहमद र ढाकास्थित नेपाली दूतावासका प्रतिनिधि धनबहादुर ओलीले सम्बोधन गर्नुभयो ।
 
नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रचारप्रसारमा कला मेलाको महत्व र यसले दुई मित्र राष्ट्रबीचको सम्बन्धमा पार्ने सकारात्मक प्रभावबारे वक्ताहरुले धारणा राख्नुभएको थियोे ।
 
त्यस अवसरमा पोखरेली पानी रङ्गका कलाकार मनोज तामाङ, भक्तपुरका कलाकार कान्छाकाजी भासिमा र सप्तरीकी मिथिला कलाकार रन्जु यादवले कलाप्रेमीहरुको आग्रहमा प्रदर्शनी स्थालमै प्रत्यक्ष चित्रहरु कोर्नुभएको थियो ।  

मेलामा ६० जना नेपाली कलाकारका समसामयिक चित्रकला, लोककला र हस्तकला विधाका कलाकृतिहरु प्र्रदर्शित छन् । प्रदर्शित कलाकृतिको छनोट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कला प्रदर्शनीहरुमा पुरस्कृत भएका लगायतकाहरुबाट गरिएको प्रतिष्ठानको लोककला विभागका प्रमुख एस.सी. सुमनले बताउनुभयो ।   

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग दुई वर्ष अगाडि भएको सम्झौतापत्रअनुसार मेलाको आयोजना बंगलादेश शिल्पकला एकेडेमी र बंगलादेश संस्कृति मन्त्रालयले गर्दैछ । 

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook