Total Hits: 0

​उपाधिका लागि चर्च ब्वाइज र सुन्धारा स्पोर्टिङ भिड्ने

  • Posted: Tuesday, May 08, 2018 16:14 PM ( 3 years ago )

उपेन्द्र येक्तेन/उज्यालो ।

पाँचथर, वैशाख २५ – पाँचथरको कुम्मायक गाउँपालिकामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कुम्मायक–कुसायक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा काठमाडौँका दुई क्लब चर्च ब्वाइज र सुन्धारा स्पाेर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

पृथ्वी माविको खेल मैदानमा मंगलबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा एकता फुटबल क्लब मोरङलाई ४–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले सुन्धारासँगको भेट पक्का गरेको हो ।

एकता क्लबको तुलनामा बलियो देखिएको चर्च ब्वाइजको जितमा निरज बस्नेतले ह्याट्रिक गरे । उनले खेलको १४ औँ, ६२ औँ र ७२ औँ मिनेटमा गोल गरे । अर्काे गोल भने खेलको ३८ औँ मिनेटमा भुवन बस्नेतले गोल गरे । एकता क्लबका लागि खेलको ५४ औँ मिनेटमा सौजन याख्खाले सान्तवना गोल गरे । खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका निरज बस्नेत घोषित हुँदै नगद ५ हजार प्राप्त गरे ।

यसअघि सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक रानिगुफा सेवा समाजलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सुन्धरा स्र्पोटिङ फाइनल चरणमा प्रवेश गरिसकेको छ । यी दुई क्लबबीचको फाइनल भिडन्त बुधबार हुनेछ ।

भारत र नेपालका आठ टिमको सहभागिता रहेको प्रतियोगिता जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो । प्रतियोगिताको विजेताले ट्रफिसहित नगद ३ लाख ११ हजार एक सय ११ रुपैयाँ र दोस्रो हुने टिमले ट्रफिसहित १ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook