सावधान ! तपाईँको फेसबुक अरु कसैले त चलाएको छैन ? समाधानकाे उपाय छ
- Posted: Monday, May 07, 2018 19:26 PM ( 3 years ago )
वैशाख २४ – कतै तपाईँको फेसबुकको पासर्वड अरुलाई त थाहा छैन ? तपाईँको फेसबुक तपाईँले थाहा नपाइकन कसैले लुकेर त चलाइराखेको छैन ।
यदि तपाईँलाई आफ्नो फेसबुक कसैले चलाइराखेको छ कि भन्ने डर छ भने त्यो डर हटाउनुहोस् । कहिलेकाहीँ कसैको मोबाइल वा ल्यापटपमा तपाईँले फेसबुक खोल्नुभएको थियो र लगआउट गर्न बिर्सनुभयो भने पनि तपाईँलाई समस्या पर्न सक्छ ।
त्यसलाई हटाउने केही उपायहरु हामी तपाईँलाई बताउनेछौँ । तपाईँको मोबाइल, ल्यापटप वा ग्याजेटबाट बाहेक अन्य डिभाइसबाट तपाईँको फेसबुक कसैले खोलेको कसरी थाहा पाउने त ?
स्टेप १
आफ्नो फेसबुकको सेटिङ्समा जानुहोस्
स्टेप २
यहाँ तपाईँले Log out of all sessions अप्सन देख्नुहुनेछ, त्यसमा क्लिक गर्नुहोस् ।
स्टेप ३
यहाँ तपाईँले नयाँ पेज देख्नुहुनेछ । यहाँ तपाईँको फेसबुक खोलिएका डिभाइसको बारेमा जानकारी पाउनुहुनेछ । साथै तपाईँले कहाँबाट कति बेला तपाईँको फेसबुक खोलिएको हो भन्ने जानकारी पनि पाउनुहुनेछ ।
स्टेप ४
यहाँ Security and login लेखिएको हुन्छ । त्यसमा क्लिक गर्नुहोस् ।
स्टेप ५
फेसबुकले फेरि लग आउट गर्न अनुरोध गर्नेछ । त्यसमा क्लिक गरेसँगै सबै डिभाइसबाट लगआउट हुनेछ ।
स्टेप ६
अब तपाईँ लग इन पेजमा गएर पासवर्ड र सेक्युरिटी अपडेट गरेर तपाईँको फेसबुक सुरक्षित गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...