कुकुरको स्थायी बन्ध्याकरण सुरु
- Posted: Monday, May 07, 2018 18:25 PM ( 3 years ago )
हरि हुमागाईं/उज्यालो ।
मकवानपुर, वैशाख २४ – हेटौंडामा कुकुरको संख्यामा अत्यधिक वृद्धि भएपछि कुकुरकै स्थायी बन्ध्याकरण गर्न थालिएको छ ।
कुकुरको संख्यामा वृद्धि हुन नदिनका लागि बन्ध्याकरणका लागि कुकुरको पोथी र भालेसहितलाई राखेर एक हस्तासम्मको लामो शिविर सोमबारबाट हेटौंडामा सुरु भएको हो । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा पेट्स होम धरान, हार्ट पोखरा र जिल्ला पशुसेवा कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा छाडा रुपमा छोडिएका कुकुरको बन्ध्याकरण गर्न सुरु गरिएको हो ।
शिविरको उद्घाटन गर्दै हेटौंडा उप–महानगरपालिकाका मेयर हरिबहादुर महतले घरमा पालिएका भन्दा पनि बाहिर छोडिएका कुकुरहरुको संख्या धेरै बढ्दै गएकोले बन्ध्याकरण गर्न सुरु गरिएको बताउनुभयो ।
भाले र पोथी कुकुरको स्थायी बन्ध्याकरण गरेपछि सडकमा बाहिर छाडा छा्डिएका कुकुरहरुको संख्या वृद्धि हुनबाट रोकिने भएकाले यो विधि अपनाइएको मेयर महतले बताउनुभयो । कुकुरलाई जम्मा गरेर पूरै बेहोस बनाएर मानिषलाई जस्तै गरी सबै विधि पु¥याएर ६ जना पशु डाक्टरको सक्रियतामा बन्ध्याकरण गर्न लागिएको हो ।
सोमबार मात्र ४० वटा पोथी र भाले कुकुरको स्थायी बन्ध्याकरण गरेर जहाँबाट उठाएर ल्याइएको हो त्यही लगेर छोडिएको उप–महानगरपालिकाले जनाएको छ । कुकुरलाई बन्ध्याकरण गर्नुका साथै रेबिज खोप समेत लगाएर छोडिएको छ ।
शिविरमा भाले कुकुरको अण्डकोष निकाल्ने र पोथी कुकुरको पाठेघर निकालेर फालिएको पेचहोमका संचालक शंकुकर्ण श्रेष्ठले बताउनुभयो । हेटौंडाको समुदायस्तरमा हिँड्डुल गर्ने छाडा प्रकृतिका कुकुरलाई नियन्त्रणमा लिएर शिविरमा ल्याइएको हो ।
स्थायी बन्ध्याकरण गरेका सबै कुकुरहरुलाई गलामा रातो बेल्ड लगाएर छोडिएको छ । यी कुकुरहरुबाट अरु बच्चा नजन्मने र रेबिज रोग पनि नलाग्ने पशु चिकित्सकहरु बताउँछन् । कुकुरको स्थायी बन्ध्याकरण शिविर वैशाख ३० गतेसम्म हेटौंडाको पशुसेवा कार्यालयको हाताभित्रमा सञ्चालन हुने छ ।
कुकुरलाई विष खुवाएर गएको वर्षहरुमा उप–महानगरपालिकाले मार्ने गरे पनि यस वर्ष पशु अधिकारको रक्षा गर्दै कुकुरलाई पनि बन्ध्याकरण गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...