Total Hits: 0

​एन्फाको महासचिवमा तुलाधर, पूर्व एआईजी शर्माको नेतृत्वमा लिग कमिटी गठन

  • Posted: Monday, May 07, 2018 18:15 PM ( 3 years ago )

काठमाडौं, वैशाख २४ – अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ कार्यसमितिको बैठकले ए डिभिजन लिगका लागि कमिटी गठन गरेको छ ।


 
एन्फा कम्प्लेक्स सातदोबाटोमा कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्माको नेतृत्वमा लिग कमिटी गठन गरेको हो ।
 
कमिटीले लिगको मिति घोषणादेखि सहभागी टिमको छनोट लगायतका काम गर्नेछ ।
 
इन्द्रमान एन्फा महासचिवमा नियुक्त
 
बैठकले एन्फाका पूर्व सीईओ तथा ए डिभिजन क्लब संकटाका अध्यक्ष इन्द्रमान तुलाधरलाई महासचिव पदमा नियुक्त गरेको छ ।
 
यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका इन्द्रमान पूर्वशर्त अनुसार महासचिवमा नियुक्त हुनुभएको हो । उनी संकटा क्लवका अध्यक्ष समेत हुनुहुन्छ ।
 
एन्फाको बिधान अनुसार मानार्थ अध्यक्षमा टासी घले दोस्रो कार्यकालका लागि नियुक्त हुनुभएको छ । यसअघि नरेन्द्र श्रेष्ठको कार्यकालमा पनि उनी मानार्थ अध्यक्ष हुनुहुन्थ्यो ।
 
त्यस्तै बैठकले एन्फाको कोषाध्यक्षमा पूर्व सह–कोषाध्यक्ष रविन्द्र जोशीलाई नियुक्त गरेको छ । उहाँ बी डिभिजनमा रहेको पुल्चोक क्लबमा आवद्ध हुनुहुन्छ । सीईओ र वरिष्ठ उपाध्यक्षको बारेमा भने बैठकमा कुनै निर्णय भएन ।
 
एन्फाको विधानअनुसार मानार्थ अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष निर्वाचित कार्यसमितिले मनोनयन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook