प्रतिनिधिसभामा चारवटा अध्यादेश प्रस्तुत
- Posted: Sunday, May 06, 2018 19:46 PM ( 4 years ago )
काठमाडौँ, वैशाख २३ – प्रतिनिधिसभामा चारवटा अध्यादेश प्रस्तुत गरिएको छ ।
आजदेखि शुरु भएको संघीय संसदको दोस्रो अधिवेशनको बैठकमा शिक्षा, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७५, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश, २०७५ र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश, २०७५ पेश गरिएको हो ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा पनि पेश गरिएको छ । समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन, २०७५’ प्रस्तुत गर्नुभएको हो । समितिको बैठकबाट शनिबार अनुमोदन भएको प्रतिवेदन आइतबार संसदमा पेश भएको हो ।
सभापति पोखरेलले राख्नुभएको नियमावली मस्यौदा समितिको म्याद थपसम्बन्धी प्रस्ताव पारित भएको छ । संसद बैठकले सभामुख र उपभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्षता गर्न खगराज अधिकारीको सट्टामा राधा ज्ञवालीलाई राख्ने प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...