सांसदको पेट्रोल पम्पमा सिलबन्दी
- Posted: Sunday, May 06, 2018 19:04 PM ( 4 years ago )
सुमित्रा कोइराला/उज्यालो ।
उदयपुर वैशाख २३ – सांसद प्रमिला राईले उदयपुरको त्रियुगा नगरपालिका–५, मा सञ्चालन गरेको सगरमाथा आयल स्टोर्समा अनुगमन टोलीले सिलबन्दी गरेको छ ।
केन्द्रीय नापतौल विभाग र जिल्ला प्रशासन कार्यालय उदयपुरको टोलीले पेट्रोलको परिमाणमा ठगी गरेको फेला पारेपछि पम्पमा सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खेमराज थापाले बताउनुभयो ।
उहाँका अनुसार पम्पबाट बिक्री गरिएको पेट्रोलको परिणाममा कमी भेटिएको थियो । राई कांग्रेसको तर्फबाट सांसद हुनुहुन्छ । त्यस्तै त्रियुगा बजारका केही सुन पसल सञ्चालकले कृत्रिम तराजु तथा किलाकाँटा प्रयोग गरेर उपभोक्ता ठग्दै आएको तथ्य खुलेको छ ।
गाईघाट बजारको सुन पसल अनुगमन गर्दा पसलका सुन तौलने काँटा किला र तराजु बिग्रेको र कृत्रिम तथा मापदण्ड विरुद्धको भेटिएर हो । गाईघाटको महालक्ष्मी सुन पसललगायत अन्य तीन वटा सुन पसलका सुन तौलने तराजु कृत्रिम र ठगी गर्ने किसिमको पाइएकाले तराजु काँटा जफत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...