Total Hits: 0

पत्रकार महासंघ प्रदेश २ मा संयुक्त प्यानल विजयी

  • Posted: Sunday, May 06, 2018 10:24 AM ( 4 years ago )

शैलेन्द्र महतो/उज्यालाे । 

धनुषा, वैशाख २३ – नेपाल पत्रकार महासंघ प्रदेश नं. २ मा प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानल विजय भएको छ । शनिबार भएको निर्वाचनमा प्रदेश २ मा संयुक्त प्यानलबाट अध्यक्षमा दिपेन्द्र चौहान ३ सय ४४ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी संयुक्त समावेशी मधेशी पत्रकार गठबन्धनका विरेन्द्र रमणले २ सय ४७ मत प्राप्त गरेर पराजित हुनुभयो ।

त्यस्तै उपाध्यक्ष पदमा संयुक्त प्यानलका केसी लामिछाने, महिला उपाध्यक्षमा रिंकुकुमारी मिश्र, महासचिवमा किरणकुमार कर्ण, खुल्ला सचिवमा गुरुप्रसाद गौतम, समावेशी सचिवमा रामानारायण विश्वास र कोषाध्यक्षमा प्रविन साह विजयी भएका हुन् ।  

यस्तै खुल्ला सदस्यहरुमा भोजराज भट्टराई, धिरेन्द्र राई , राजन सिंह, शैलेन्द्र झा, अजित सिंह विजयी भएका छन् । आदिवासी जनजाती सदस्यमा जितलाल श्रेष्ठ र जगत राई वियी भएका छन् भने समावेशी मधेशी सदस्यमा अजयकुमार साह र बैद्यनाथ चौधरी विजयी भएका हुन् ।     

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook