संघीय संसदको दोस्रो अधिवेशन आजदेखि
- Posted: Sunday, May 06, 2018 08:32 AM ( 4 years ago )
काठमाडौँ, वैशाख २३ – संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आइतबारदेखि सुरु हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेअनुरुप दुवै सदनको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट संघीय संसदको अधिवेशन आह्वान भएको हो ।
यो अधिवेशनलाई बजेट अधिवेशनकारुपमा लिइन्छ । संसदको मुख्य जिम्मेवारी कानून निर्माण गर्नु भएपनि यो अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रम समेत प्रस्तुत हुनेछ ।
प्रतिनिधिसभा र राष्ट्रियसभा दुई सदनसहितको संघीय व्यवस्थापिकालाई संघीय ससद भनिन्छ । आइतबार अपराह्न ४ बजे दुवै सभाका बैठक एकैसाथ सञ्चालन हुनेछ ।
संसद सचिवालयका अनुसार आइतबार दुवै सभाका बैठकमा संघीय सदनको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरी सुनाउने, ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने तथा अधिवेशनअघि जारी भएका चारवटा अध्यादेशहरु प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।
आइतबारकै बैठकमा आ–आफनो सभासँगसम्बन्धी नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।
आइतबारपछिका बैठकहरुमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल, सशोधन प्रस्तुत गर्ने अवधि र पारित गर्ने, साथै पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेशहरु क्रमशः स्वीकृत हुने छन् ।
वैशाख २६ देखि २८ गतेसम्म (प्रि–बजेट) विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त अर्थमन्त्रीद्वारा प्रस्तुत हुने र सभामा छलफल गर्ने सचिवालयले प्रारम्भिक सम्भावित कार्यसूची बनाएको छ ।
अधिवेशनको क्रममा जेठको पहिलो हप्ता राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन समेत हुनेछ ।
त्यसपछिका संसदको बैठकमा नीति तथा कार्यक्रम माथि छलफल गर्ने, प्रधानमन्त्रीबाट जवाफ दिने र पारित गर्ने सन्दर्भ रहने छ ।
संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्रीले जेठ १५ गते सदनमा सरकारको राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्नुहुनेछ ।
अधिवेशनका क्रममा बजेटमाथि एक हप्ता सैद्धान्तिक छलफल गर्ने र अर्थमन्त्रीद्वारा जवाफ दिने कार्यक्रम रहने छ ।
त्यसपछिका बैठकमा विनियोजन विधेयक प्रस्तुत गरी सबै मन्त्रालयका शीर्षकगत छलफल गर्ने, पारित गर्ने र सोसँग आश्रित विधेयकहरु आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पारित गर्ने समयसीमासहितको सम्भावित कार्यक्रम रहेको सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
अधिवेशनको क्रममा सदनमा प्राप्त संविधान कार्यान्वयनसम्बन्धी विभिन्न विधेयमाथि छलफल गर्ने, संसद सचिवालयमा दर्ता हुन आएका सार्वजनिक महत्वका र संकल्पलगायतका प्रस्तावमाथि छलफल गरिनेछ ।
संघीय संसदको दोस्रो अधिवेशनको क्रममा संसदीय अभ्यासका लागि महत्वपूर्ण मानिएका समितिहरु गठन गरिनेछ ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाको अध्यक्ष गणेश तिमिल्सिना हुनुहुन्छ । प्रतिनिधिसभा २७५ तथा राष्ट्रियसभा ५९ सदस्यीय रहेको छ ।
प्रतिनिधिसभा तल्लो सदनका रुपमा रहेको छ भने प्रबुद्ध समूहको प्रतिनिधित्व रहने राष्ट्रियसभालाई माथिल्लो सदनका रुपमा लिइन्छ ।
संघीय संसदमा नै राजनीतिक दलको उपस्थिति रहेकोमा नेकपा ९एमाले०, नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपालले राष्ट्रिय दलको मान्यता पाएका छन् ।
संघीय संसदमा नेकपा (एमाले) र नेकपा (माओवादीकेन्द्र) सत्तापक्ष तथा नेपाली काँग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा छ । रासस
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- काठमाडौंमा सुरु भयो कम्युनिष्टहरुको अन्तर्राष्ट्रिय सम्मेलन
- जन्मदिन बिर्सने निखिल, कति वर्ष भए ?
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
News in English More
Download Programs More
Opinion Poll
Loading...