Total Hits: 0

​मार्क्सवादलार्इ धर्मशास्त्र जस्तो जपेर अघि बढ्न सकिँदैन : भट्टराई

  • Posted: Saturday, May 05, 2018 19:58 PM ( 4 years ago )

काठमाडौं, वैशाख २२ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले ​मार्क्सवादलाई धर्मशास्त्रको रुपमा जपेर मात्र समाज अगाडि नबढ्ने बताउनुभएको छ ।

साम्यवादी दर्शनका प्रणेता कार्ल माक्र्सको दुई सयौं जन्मजयन्तीको अवसरमा नयाँ शक्ति पार्टीले शनिबार गरेको प्रवचन कार्यक्रममा उहाँले माक्र्सवादको दार्शनिक मान्यतालाई अंगिकार गर्दै पछिल्ला ज्ञान र विज्ञानले ल्याएको नविनतम विचारलाई समायोजन गर्नुपर्ने बताउनुभयो । 

‘मान्छेमा रहेको पशुवत गुणलाई त्यागेर मानवीय गुणलाई अँगाल्दै विज्ञानका पछिल्ला आविस्कारका राम्रा पक्षहरुलाई लिएर अघि बढ्ने नै नयाँ शक्तिको दार्शनिक पक्ष हो’ संयोजक भट्टराईले भन्नुभयो ‘हामी माक्र्सवादी दर्शनमै टेकेर नयाँ समाजवादी मोडेल विकास गर्ने र माक्र्सवादको पूजा होइन, यसको सिर्जनात्मक प्रयोग गर्नेछौं ।’ 

उहाँले कार्ल माक्र्सले दर्शन, अर्थशास्त्र र समाजशास्त्रको अध्ययनमा गरेको योगदानको चर्चा गर्दै पूँजीवादी युगको कर्मकाण्डी खालको लोकतन्त्रको साटो उन्नत प्रकारको लोकतन्त्रको परिकल्पना गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो –‘माक्र्सले आफूपूर्वका सबैखाले ज्ञान र विज्ञानको आविस्कारलाई संश्लेषण गरी नयाँ विचारको सुरुवात गरेका थिए, अब २१ औं शताब्दीमा त्यतिले मात्र पुग्दैन । त्यसैले पछिल्ला ज्ञान र विज्ञानका आविस्कार र नियमहरुको संश्लेषण गरी माक्र्सवादलाई समृद्ध बनाउनुपर्छ ।’

कार्यक्रममा नयाँ शक्तिका प्रवक्ता डम्बर खतिवडाले कार्ल माक्र्सको योगदानको चर्चा गर्दै उनलाई एक दर्शनशास्त्री, अर्थशास्त्री, समाजशास्त्री र राजनीतिक योद्धाको रुपमा हेरिनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook