साना विषयले एकीकरणमा अलमल हुनुहुँदैन : प्रधानमन्त्री
- Posted: Saturday, May 05, 2018 19:44 PM ( 4 years ago )
काठमाडौँ, वैशाख २२ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँगको एकीकरण समयको आवश्यकता भएकाले प्राविधिक र साना विषयमा अल्झन नहुने बताउनुभएको छ ।
एमाले स्थायी कमिटीले कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा शनिबार आयोजित प्रवचन कार्यक्रममा प्रधानमन्त्री ओलीले माक्र्सवाद राजनीति, सामाजिक र आर्थिक सबै सवालमा आज पनि वैज्ञानिक दर्शन भएकाले यसको जगमा नेपालका कम्युनिष्ट पार्टीहरु एकीकरण हुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, 'हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन । साँचो लोकतन्त्र कायम गर्दै जनवादी क्रान्ति र समाजवादको दिशामा हामी अघि बढ्नु अहिलेको आवश्यकता हो ।'
प्रधानमन्त्री ओलीले पूँजीवादी क्रान्ति गर्ने कम्युनिष्टहरुको काम नभई पूँजीको विकास गर्दै समाजवादको बाटोमा लम्कनु माक्र्सवादको सही प्रयोग हो भन्दै माक्र्सवाद सामाजिक शोषणविरुद्धको न्यायोचित दर्शन भएकाले प्रतिक्रियावादी पक्षहरुले यसलाई अधिनायकवादी भन्न खोज्नुको अर्थ नहुने दाबी गर्नुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...