सांसदलाई फौजदारी अभियोग लागे निलम्बन नहुने तर सांसदको काम गर्न नपाउने
- Posted: Saturday, May 05, 2018 19:19 PM ( 4 years ago )
काठमाडौं, वैशाख २२ – अदालतले अभियोग पुष्टि नगरेसम्म सांसदलाई फौजदारी अभियोग लागे पद निलम्बन नहुने भएको छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा शनिबार जुटेको सहमति अनुसार फौजदारी अभियोग लागेका सांसदको पद अदालतले अभियोग पुष्टि नगर्दासम्म निलम्बन हुने छैन । लामो विवाद रहेको यो विषयमा सहमति गर्दै समितिले पद निलम्बन नभएपनि फौजदारी अभियोग लागेका सांसदले सांसदको हैसियतमा कामकारबाही गर्न नपाउने र तलबभत्ता रोक्का गर्ने मस्यौदा तयार पारिएको हो ।
सिंहदरबारमा बसेको समितिको बैठकले यो विषयमा टुंगो लगाएको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । यो विषयमा कांग्रेस र मधेश केन्द्रित दलले निलम्बन गर्न नहुने अडान राखेका थिए भने एमालेले त्यसको विरोध गरेको थियो तर समितिको शनिबारको बैठकमा भने सवै दलका सांसद फौजदारी अभियोग लागेका सांसदको पद तत्काल निलम्बन नगर्ने भन्नेमा सहमत भएका हुन् ।
निलम्बन भन्ने शब्द नरहेपनि तलवभत्ता रोक्का गर्ने तथा सांसदका हैसियतमा काम नगर्ने भन्नु नै निलम्बन भएको समितिका सदस्यहरुको जिकिर छ । संविधानसभा र रुपान्तरित संसदमा फौजदारी अभियोग लाग्नासाथ पद निलम्बन हुने प्रावधान थियो । त्यसै अनुसार श्यामसुन्दर गुप्ता, सञ्जय साह, ल्ह्यारक्याल लामा, डोलबहादुर कार्कीको पद फौजदारी अभियोग लाग्नासाथ निलम्बनमा परेको थियो ।
अभियोग प्रमाणित भएर कैदमा बसेका सांसद भने स्वतः निलम्बित हुने व्यवस्था मस्यौदामा गरिएको छ । प्रतिनिधिसभा अन्तरगतका समिति संख्याको बारेमा भने समितिले सहमति गर्न सकेन । मुख्य विपक्षी दल नेपाली कांग्रेसले फरक मत राखेकाले फरक मतसहितको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पठाउने तयारी रहेको समितिले जनाएको छ ।
समितिमा बहुमतबाट संसदमा १० वटा समिति रहने प्रस्ताव पारित गरिएको छ । कांग्रेसले भने थोरैमात्र समिति राख्नुपर्ने माग गर्दै आएको छ ।
यो मस्यौदा आइतबार शुरु हुने संसदमा पेश गरिने समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...