अब नेपालमै रुखको पनि एक्स रे
- Posted: Saturday, May 05, 2018 19:09 PM ( 3 years ago )
गोपाल भण्डारी/उज्यालो ।
कपिलवस्तु, वैशाख २२ –रुखको खोक्रोपना पत्ता लगाउन नेपालमै पहिलोपटक रुखको एक्स रे गर्ने प्रविधि भित्र्याईएको छ ।
पिकस सोनिक टोमोग्राफ नामको यो पद्धतिलाई वन विभागको पहलमा जर्मनीको ह्याम्वर्ग विश्वविद्यालयका वन विज्ञले भित्र्याएका हुन् । विश्वविद्यालयका सिनियर रिसर्चर डा. प्रेमराज न्यौपानेको नेतृत्वमा थप दुईजना जर्मन वन विज्ञको टोलीले पहिलोपटक यो प्रविधीबाट कपिलवस्तुको तिलौराकोट साझेदारी वनका सालका पुृराना रुखमा रहेको खोक्रोपना र अन्य अवस्थाबारे अध्ययन शुरु गरेको हो ।
यो प्रविधीले रुखको भिडियो एक्स रे गरि रुखभित्रको अवस्था देखाईदिने डा. न्यौपानेले बताउनुभयो । यसले रुखको काण्ड कुहिने समस्या पहिचान गर्न पनि सजिलो हुने उहाँले बताउनुभयो । यो प्रविधिबाट देशका विभिन्न वन क्षेत्रमा शुरु गरिएको वैज्ञानिक वन व्यवस्थापनको काम थप व्यवस्थित गर्न सघाउ पुग्ने अपेक्षा गरिएको जिल्ला वन अधिकृत कृष्णदत्त भट्टले जानकारी दिनुभयो ।
नेपालका विभिन्न वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम अघि बढेपनि यो प्रविधि कुनै वन क्षेत्रमा प्रयोग नभएको र यो प्रविधि नेपालमै पहिलो र नौलो रहेको जिल्ला वन अधिकृत भट्टले बताउनुभयो । कपिलबस्तुका विभिन्न साझेदारी वन क्षेत्रका झण्डै २ सय ५० वटा सालका रुखमा यो प्रविधिबाट अध्ययन गरिने तिलौराकोट साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश पाण्डेयले जानकारी दिनुभयो ।
जिल्लाका पाँचवटा साझेदारी वन क्षेत्रमा लागू गरिएको वैज्ञानिक वन व्यवस्थापनको काममा यो प्रविधिको प्रयोग गरी वन क्षेत्रको हैसियत सुधार गर्ने काममा ठूलो सघाउ पुग्ने सहायक वन अधिकृत मदनकुमार शाण्डिल्यले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...