मेयरको घरमा तोडफोड
- Posted: Saturday, May 05, 2018 16:31 PM ( 4 years ago )
भक्तपुर, वैशाख २२ – मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठको घरमा तोडफोड भएको छ ।
गएको ८ गते शनिवार उहाँकै घरमा केही व्यक्तिको आक्रमणबाट घाइते भई कोरिया मैत्री अस्पतालमा उपचार गराइरहनु भएका श्रेष्ठको घरमा शनिबार राति तोडफोड गरिएको हो ।
त्यही घरमा सहकारी सञ्चालन गर्दै आउनुभएका चन्द्रभक्त श्रेष्ठले घटनाको बारेमा जानकारी दिँदै भन्नुभयो, ‘सीसी क्यामराको दृश्य हेर्दा राति दुई जनाको समूहमा आएका व्यक्तिले मेयर साबको घरको मूल ढोका तोडफोड गरी त्यसको माथिको दुई तलासम्मको ढोकाहरु तोडफोड गरेर फरार भएको देखिएको छ ।’
नेपाल कोरिया मैत्री अस्पतालमा उपचार गराइरहनु भएको नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘घरमा तोडफोड भयो भन्ने सुने, म माथि आक्रमण भएको १६ दिन भइसक्दा पनि आक्रमणकारी पक्राउ परेका छैनन्, फेरि आज घरमा तोडफोड भयो, खै के कारवाही होला र ?’
महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जनले मेयरमाथिको आक्रमणसँग तोडफोडको घट्ना जोडिएको नपाइएको बताउनुभयो । तोडफोड गर्ने नियतभन्दा पनि चोरी गर्ने नियतले आएको हुनसक्ने देखिएको बताउँदै उहाँले घटनाबारे अनुसन्धान सुरु गरेको बताउनुभयो ।
त्यसैगरी, नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणको विरोधमा संघर्ष गर्ने गरी मध्यपुर थिमि नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणविरुद्ध १५१ सदस्य रहेको सामूहिक नेतृत्व संघर्ष समिति गठन गरेको छ ।
मध्यपुरथिमिमा शिनबार भएको स्थानीयहरुको भेलाले आक्रमणकारीलाई तत्काल पक्राउ गर्न दवाव दिन, मेयरको सुरक्षा गर्न र घटनाको विरोध गर्न समिति गठन गरिएको समितिका सदस्य नविन प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...