साउनदेखि न्यूनतम पारिश्रमिक लागू हुन्छ : श्रममन्त्री
- Posted: Saturday, May 05, 2018 15:18 PM ( 4 years ago )
काठमाडौँ, वैशाख २२ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको न्यूनतम मासिक पारिश्रमिक तोक्ने र त्यसभन्दा तल नहुने गरी सुरक्षाको प्रत्याभूति दिने बताउनुभएको छ ।
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले आज यहाँ आयोजना गरेको अहिलेको संघीय संरचनामा अस्थायी करार ज्यालादारी कर्मचारीको व्यवस्थापन सम्बन्धी अन्तक्र्रियाको उद्घाटन गर्दै उहाँले सरकारको सीमा, विद्यमान कानूनको सीमा तथा श्रमिकको समस्यालाई आधार बनाएर श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने जानकारी दिनुभयो ।
नेपालमा नयाँ संविधान घोषणापछि बनेको वामपन्थीको सरकारले नौलो अठोट र अभियानका साथ समृद्ध मुलुक निर्माण गर्ने अभियानमा जुटिरहेको बताउँदै मन्त्री विष्टले देशमा आर्थिक क्षेत्रको विकास गरी नागरिकलाई सुखी बनाउने वर्तमान सरकारको एक मात्र उद्देश्य रहेको बताउनुभयो ।
आधिकारिक ट्रेड युनियनका वरिष्ठ उपाध्यक्ष भोलानाथ पोखरेलले कार्यालयमा काम गर्ने अस्थायी तथा ज्यालादारी कर्मचारीको रोजगारीको उचित सुरक्षा हुनुपर्नेमा जोडदिनुभयो ।
अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मीले नेपालको इतिहासमा वामपन्थीको सरकार तथा समाजवाद उन्मुख संविधान नेपाली जनताले पाएको र अब जनताको दुःखको दिन समाप्तितिर पुगेको बताउनुभयो ।
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका केन्द्रीय अध्यक्ष भुपाल रसाइलीले सरकारको विभिन्न कार्यालयमा काम गर्ने श्रमिकको व्यवस्थापन चूनौतिपूर्ण रहेको बताउँदै अहिलेको श्रमजीवी सरकारले श्रमजीवीको उचित व्यवस्थापन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नेपालमा हाल १७ हजार अस्थायी, करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको जानकारी दिइयो ।
–रासस
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...