Total Hits: 0

दश वर्षे द्वन्द्वमा मारिएका र बेपत्ता पारिएकाहरुको सम्झनामा स्मारक

  • Posted: Friday, May 04, 2018 20:15 PM ( 4 years ago )

रोल्पा, वैशाख २१ – दश वर्षे सशस्त्र द्वन्द्वको समयमा मारिएका तथा बेपत्ता पारिएकाहरुको सम्झनामा रोल्पाको लिवाङमा शान्ति स्मारक निर्माण गरिएको छ ।

रोल्पा नगरपालिकाको एक लाख ८५ हजार र मानवअधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र (हरप्लेस)को ५ लाख ५४ हजार गरी जम्मा ७ लाख ३९ हजारमा निर्माण गरिएको शान्ति स्मारकको आज राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले अनावरण गर्नुभएको छ ।

शान्ति स्मारकको अनावरण गर्दै शर्माले स्मारकले सशस्त्र द्वन्द्वको चित्रण गर्ने बताउनुभयो । कतिपयले द्वन्द्वलाई सम्झनु हुँदैन भन्ने गरेको भएता पनि द्वन्द्व किन र के कारण भयो, राज्यले गरेको भेदभाव र जनताको आवश्यकता परिपूर्ति गर्न नसकेर द्वन्द्व भएको भन्ने कुरा भावी पुस्ताले थाहा पाउनका लागि पनि द्वन्द्वलाई बिर्सन नहुने बताउँदै अध्यक्ष शर्माले त्यसको सम्झना यस्ता शान्ति स्मारकले दिलाउने समेत उल्लेख गर्नुभयो ।

शान्ति स्मारकमा द्वन्द्वको क्रममा ज्यान गुमाएका ९ सय ६९ जना मृतक र बेपत्ता पारिएका ३३ जना रोल्पालीहरुको नाम लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook