Total Hits: 0

माइतीघरमा प्रदर्शनको अधिकार माग्दै डाक्टर केसीको विज्ञप्ति

  • Posted: Thursday, May 03, 2018 17:10 PM ( 4 years ago )

काठमाडौं, वैशाख २० – डाक्टर गोविन्द केसीले पहिलो अध्यादेश अनुसार नै छिटो भन्दा छिटो पारित गनुपर्ने लगायत चार बुँदे माग अघि सार्दै पूरा नभए फेरि सत्याग्रह गर्ने चेतावनी दिनुभएको छ ।

त्रिवी शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर डाक्टर केसीले माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सधैँका लागि फिर्ता गर्न पनि माग गर्नुभएको छ ।

यस्तै चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर्याएका त्रिविका पदाधिकारीलगायत सबै पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गर्न, नेपाल मेडिकल काउन्सिललाई थप स्वायत्तता दिन तथा त्रिवी सिनेट बैठकको मिति सारेर भए पनि सिनेटबाट स्वायत्ततासम्बन्धी निर्णय गर्न माग गर्नुभएको छ ।

केसीले संसदको आउँदो बैठकमा चिकित्सा शिक्षा ऐन तोडमोड नगरी पारित गर्न आग्रह गर्नुभएको छ । केसीले चिकित्साशास्त्रको स्नातकोत्तर तहमा नाजायज रुपमा बढी शुल्क असुल्ने  निजी मेडिकल कलेजहरुमाथि कारवाही गर्न पनि माग गर्नुभएको छ । त्यस्तै पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गरेर उचित कारवाही गर्न पनि केसीले माग गर्नुभएको छ ।

४ बुँदे माग राख्दै केसीले आफ्ना माग पूरा नभए सत्याग्रह लगायत आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिनुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook