के आज पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने कुरा साँचो हो ?
- Posted: Thursday, May 03, 2018 17:10 PM ( 4 years ago )
काठमाडौं, वैशाख २० – ‘दुई दिने नेपाल भ्रमणका लागि प्रधानमन्त्री शाहिद खक्कान अब्बासी आज नेपाल प्रस्थान गर्दै ।’
यो खबर हो पाकिस्तान सरकारको आधिकारिक ट्विटर ह्याण्डल गभर्मेन्ट अफ् पाकिस्तानबाट गरिएको ट्वीटको । व्यापार, शिक्षा,पर्यटनलगायतका द्वीपक्षीय सम्बन्ध अझ विस्तारित र सुदृढ बनाउन पाकिस्तानी प्रधानमन्त्री नेपाल भ्रमणमा जान लागेको कुरा ट्वीटमा उल्लेख गरिएकाे छ ।
गएको फागुन २१ गते मात्रै दुई दिने नेपालको औपचारिक भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री अब्बासी फेरि नेपाल आउन लागेको खबरले सबैलाई आश्चर्यचकित पार्ने नै भयो ।
पाकिस्तानी सरकारको ट्वीटर ह्याण्डलबाट आज मात्रै साउदी अरबका उर्जामन्त्रीसँग प्रधानमन्त्री अब्बासीको इस्लामाबादमा भएको भेटवार्तालगायत थुप्रै पोस्ट भएका छन् । त्यसैले ट्वीट पोस्ट गर्ने क्रममा पुरानै ट्वीट रिपोस्ट भएको हुन सक्ने काठमाडौंमा रहेको पाकिस्तानी राजदूतावासले जनाएको छ ।
यो ट्वीट पुरानै ट्वीट रिपोस्ट भएको हो भन्न किन पनि सकिन्छ भने यदि पाकिस्तानी प्रधानमन्त्री अब्बासीको दुई दिने भ्रमणमा नेपाल आउन लागेको भए नेपाललाई जानकारी हुनैपथ्र्यो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने कुरा सत्य नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...