नवलपरासीका महिला जनप्रतिनिधिलाई गाउँपालिका पुग्नै हम्मे–हम्मे
- Posted: Thursday, May 03, 2018 14:19 PM ( 4 years ago )
दयाराम आचार्य/उज्यालो ।
नवलपरासी, वैशाख २० – नवलपरासीका महिला जनप्रतिनिधिहरुलाई गाउँपालिका कार्यालय पुग्न हम्मे पर्ने गरेको छ ।
नवलपरासीको बुलि¨टार गाउँपालिका–४, देउरालीकी वडा सदस्य लालसरा पुलामीलाई गाउँपालिकाको कार्यालयको कुनै कार्यक्रममा नबोलाइदिए हुन्थ्यो भन्ने लाग्छ । बुलिङटार गाउँपालिकाको कार्यालय टाढा भएकाले उहाँलाई यस्तो लाग्ने गरेको हो ।
गाडी चढ्ने ठाउँसम्म आउन एकघण्टा हिँडेर आउनुपर्छ । त्यसमाथि, भनेको समयमा गाडी पाईँदैन । उहाँले भन्नुभयो – ‘मलाई त साह्रै दुःख छ, गाउँपालिकाको कार्यालय पुग्न ६ घण्टा हिँड्नुपर्छ । गाडी नै पार्इंदैन, पाए पनि उल्टो हुन्छ । आफू कार्यालय जाँदा गाडी घरतिर आउँछन् । घर फर्किंदा गाडी कार्यालयतिर जान्छन ।’ उहाँ गाउँ कार्यपालिका सदस्यसमेत हुनुहुन्छ ।
उहाँलाई समय समयमा गाउँपालिका जानुपर्छ । कार्यपालिकाको बैठक होस् या अन्य कुनै तालिम, कार्यक्रम आयोजना गरियो भने वडा नम्बर–३, बुलिङ्गटारको बाझगरामा रहेको कार्यालय भएको स्थानमा उहाँ ६ घण्टासम्म हिँडेरै आउने–जाने गर्नुभएको छ ।
‘बैठक कार्यक्रमहरु भयो भने बिहान १०/११ बजेबाट सुरु हुन्छ । घरको काम पनि भ्याउनै पर्यो । झिसमिसेमै उठेर घरको काम सकेर ६ बजे नै हिँड्छु । त्यसमाथि पनि समयमै पुग्न सक्दिन’, पुलामीले भन्नुभयो, ‘आउँदा त ओरालो पर्छ, अलि छिटो हुन्छ । जाँदा उकालो भएकोले अझ बढी समय लाग्छ ।’
बुलिङ्गटार गाउँपालिका वडा नम्बर २ कि दलित महिला सदस्य दिलमाया दर्जी नेपालीको पनि समस्या उस्तै छ । उहाँको घर वडा नम्बर–२, मथारमा पर्छ । उमेरले ५० पुग्नुभएकी उहाँलाई हिँड्न पनि समस्या छ ।
‘बुढेसकाल पनि लाग्यो, हिँड्न सक्दिन, गाडी पनि बेला बेलामा छुट्छ, भनेको बेला पार्इंदैन उहाँले भन्नुभयो, ‘साथीहरु पनि हुन्नन्, एक्लै हिँडेर आउन साह्रै गाह्रो छ, कोही कसैले मोटरसाइकलमा छोडिदिन्छु भने पनि अहिलेसम्म चढेको छैन, डर लाग्छ ।’ बुलिङ्गटार नवलपरासीको पहाडी गाउँपालिका हो । ६ वटा वडा रहेको यस गाउँपालिकाका अधिकांश महिला सदस्यहरुलाई गाउँपालिका कार्यालय आउने काम पर्दा घण्टाैं हिँड्नुपर्छ । पुरुष सदस्यहरु धेरैजसो मोटरसाइकलमै हिँड्छन ।
आफ्ना साधन नभएकाहरु अरु कसैलाई भनसुन गरेरै भए पनि आउने जाने गर्छन् । तर, यहाँका अधिकांश महिला सदस्यहरु पैदल नै हिँड्ने गरेको सुनाउँछन् । पहाडी क्षेत्र भएकाले मोटरसाइकलमा दुईजना चढेर हिँड्नसमेत नमिल्ने हँुदा पैदलबाहेक अन्य विकल्प नै नभएको महिला सदस्यहरु बताउनुहुन्छ ।
महिला सदस्यहरुले बैठक बस्दा वा गाउँपालिकाको अन्य कार्यक्रममा सहभागी हुनुपर्दा यातायतको व्यवस्था गर्न अध्यक्ष शशिकिरण बस्ताकोटीलाई आग्रहसमेत गरेको बताए । अध्यक्षले माथिबाट नै व्यवस्था नगरेको र त्यस्तो नीति नियम नै नभएको हुँदा गर्न नसकिने बताएको महिला सदस्यहरुको भनाई छ । सबैलाई गाडीको व्यवस्था नभए पनि बैठक, कार्यक्रम हुँदा गाउँपालिकाको गाडीले ल्याउने–छोड्ने व्यवस्था गरिदिए सहज हुने उनीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...