डेढ गुणा बढी उत्पादन हुने दुधे च्याउ
- Posted: Thursday, May 03, 2018 08:23 AM ( 3 years ago )
विष्णु विश्वकर्मा/उज्यालाे ।
काठमाडौं, वैशाख २० – न धेरै बोसो, न धेरै चिल्लो पिरो । प्रशस्तै मात्रामा प्रोटिन, भिटामिन र खनिज तत्व भएको च्याउ सबैले खान मिल्ने तरकारी हो । झन् शाकाहारीका लागि च्याउ मासु जत्तिकै स्वादिलो र फाइदाजनक मानिन्छ ।
शहर बजारमा च्याउ खानेको संख्या बढ्दै गएपछि च्याउ खेतीमा किसानको आकर्षण पनि बढ्दो छ । उसो त औषधीय गुण भएको च्याउले मधुमेह र उच्च रक्तचापका बिरामीलाई औषधि जत्तिकै काम गर्ने डाक्टरहरु बताउँछन् ।
किसानले डल्ले च्याउ, कन्या च्याउ, गोब्रे च्याउ, रातो च्याउको खेती गर्दै आएका छन् । यसैमा अहिले थपिएको नयाँ जातको च्याउ हो, दुधे च्याउ ।
झण्डै दुई गुणा बढी उत्पादन
नेपाल कृषि अनुसन्धान परिषद् नार्कले विकास गरेको दुधे च्याउ उत्पादनका दृष्टिले निकै नै फाइदाजनक छ । नार्कका च्याउबाली विज्ञ हरि बास्तोलाका अनुसार तीन हप्तादेखि एक महिनासम्मा यसबाट उत्पादन लिन सकिन्छ । अरु च्याउ भन्दा यसले डेढ गुणभन्दा बढी उत्पादन दिन सक्छ । नार्कले बीउ वितरण नगरे पनि तराईका किसानले प्रविधि पाएपछि आफैँले बीउ विकास गरेर खेती गरिरहेका छन् ।
झण्डै डेढ वर्षअघि भारतबाट ल्याइएको प्रविधिबाट विकास गरिएको यो च्याउ सेतो हुनाले यसलाई मिल्की अर्थात दुधे च्याउ भनिएको हो ।
कसरी लगाउने ?
दुधे च्याउ लगाउने तरिका कन्या च्याउ खेती गरे जस्तै छ । टनेलभित्रको जमीनमा टुक्रा टुक्रा काटिएको परालमा कन्या च्याउ जस्तै गरी च्याउ उमारिन्छ । च्याउ उम्रिसकेपछि ढुसी फैलिन्छ । यति गर्दा कन्या च्याउ तयार हुन्छ । तर ढुसीमाथि माटोले छोपेपछि दुधे च्याउ उत्पादन गर्न सकिने नार्कका वैज्ञानिक बास्तोलाले जानकारी दिनुभयो ।
२५ देखि ३० डिग्री सेल्सियस तापक्रममा दुधे च्याउ उत्पादन गर्न सकिन्छ । गर्मी याममा मात्रै लगाउन सकिने दुधे च्याउको बीउ नार्कले वितरण नगरे पनि च्याऊ खेती गर्ने किसानले नै बीउ उत्पादन गरी कम्तीमा पनि साढे ४ सय रुपैयाँमा बिक्री गर्ने गरेको बास्तोला बताउनुहुन्छ ।
‘अनुसन्धानकै चरणमा रहेकाले हामीले बीउ वितरण गरेका छैनौँ । तर किसानले हामीबाट लिएको प्रविधिबाट बीउ लिएर उत्पादन तथा विक्री थालिसकेका छन् ।’ उहाँले भन्नुभयो ।
दुधे च्याउ अरु च्याउको तुलनामा ठूलो हुने भएकाले पनि यसबाट मनग्य आम्दानी गर्न सकिने विज्ञको भनाइ छ ।
राम्रो उत्पादन हुने भएपछि अहिले धेरै युवा किसानको आकर्षण च्याउ खेतीमा बढेको छ । बढीमा एक महिनामै उत्पादन गरेर आम्दानी लिन सकिने भएपछि च्याउ खेतीमा किसानको आकर्षण बढेको हो ।
काठमाडाैं उपत्यका र बाहिर गरी वार्षिक झण्डै १५ हजार टन च्याउको उत्पादन भइरहेको छ । तर यसले माग धान्न नसकेकाले भारतबाट पनि च्याउ आयात हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...