Total Hits: 0

प्रदेश ४ मा १ अर्ब २ करोड बजेट प्रस्ताव

  • Posted: Thursday, May 03, 2018 08:07 AM ( 4 years ago )

कास्की, वैशाख २० – प्रदेश नम्बर ४ का अर्थ तथा योजना मन्त्री किरण गुरुङ्गले आर्थिक वर्ष २०७४/०७५ का लागि १ अर्ब २ करोड बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको छ ।

वित्तिय समानिकरण अनुदानको रुपमा आएको १ अर्ब २ करोड ५ लाखको बजेट अन्तर्गत पुँजीगततर्फ ५३ प्रतिशत अर्थात् ५४ करोड १ लाख २५ हजार र चालुतर्फ ४७ प्रतिशत अर्थात् ४८ करोड ३ लाख ७५ हजार विनियोजन गरिएको छ । 

मन्त्री गुरुङले बजेटमा पर्यटन क्षेत्रको विकास र विस्तार, ऊर्जा क्षेत्रको विकास र प्रवर्द्धन, कृषि क्षेत्रको व्यवसायीकरण, औद्योगिक क्षेत्रको विकास र विस्तार, भौतिक पूर्वाधारको निर्माणजस्ता विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो । 

सरकारको नीति तथा कार्यक्रमलाई नै कार्यान्वयन गर्ने गरी प्रादेशिक संरचनाको प्रबन्ध मिलाउने, लगानी मैत्री वातावरणको सिर्जना गर्ने, रोजगारीका अवसर प्रदान गर्ने, गरिबी निवारण गर्ने, भौगोलिक तथा सामाजिक सन्तुलनसहितको प्रादेशिक विकास गर्ने उद्देश्य बजेटले राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook