Total Hits: 0

पार्टी एकीकरण अन्तिम चरणमा : अध्यक्ष प्रचण्ड

  • Posted: Thursday, May 03, 2018 06:27 AM ( 4 years ago )

काठमाडौं, वैशाख २० – नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँगको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएकोे छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टी सचिवालय बैठकमा एकताका अधिकांश विषय अन्तिम चरण पुगेको अध्यक्ष प्रचण्डले बताउनुभएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयोे । 

एकताका विषयमा धेरै विषय मिल्दै गएको र बाँकी रहेका विषयलाई बिहीबार दुई अध्यक्षबीच छलफल गरेर अन्तिम रुप दिने चरणमा पुगेको अध्यक्ष प्रचण्डको भनाइ थियो । 

बैठकमा उहाँले एकतालाई सबै तहमा मिलाएर लैजानका लागि संगठनलाई सुदृढ गर्नसमेत बैठकमा निर्देशन दिनुभएको थियो । प्रवक्ता भुसालका अनुसार तलैसम्म कमिटीलाई चुस्त बनाउन र पार्टी सदस्य नवीकरणसहित संगठनलाई अध्यावधिक गर्न पनि उहाँले निर्देशन दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook