श्रीमानको कुटाईबाट घाइते भएकी उपमेयरले मिलापत्र गरिन्
- Posted: Wednesday, May 02, 2018 20:31 PM ( 4 years ago )
ललितपुर, वैशाख १९ –श्रीमानको कुटाईबाट घाइते भएकी ललितपुरको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले श्रीमानसँग मिलापत्र गर्नुभएको छ ।
अधिकारीले उजुरी गरेपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले मंगलबार राति उहाँका श्रीमान ध्रुव कुँवरलाई पक्रेको थियो । कुटपिटबाट उपमेयर अधिकारीको आँखाका साथै शरीरका विभिन्न भागमा निलडाम बनेका छन् ।
बुधबार दिउँसो महानगरीय प्रहरी परिसर ललितपुरको महिला तथा बालबालिका सेलमा दुवै पक्षबीच भएको छलफलमा कुँवरले माफी मागेपछि मिलापत्र गर्दै अधिकारीले श्रीमानलाई छुटाएर लगेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- काठमाडौंमा सुरु भयो कम्युनिष्टहरुको अन्तर्राष्ट्रिय सम्मेलन
- जन्मदिन बिर्सने निखिल, कति वर्ष भए ?
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
News in English More
Download Programs More
Opinion Poll
Loading...